२०८३ जेष्ठ १ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदमुक्त गरेका हुन् ।

यसअघि सभामुखले राईसँग स्पष्टीकरण माग गरेका थिए । आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

राईलाई पूर्वसभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिवमा नियुक्त गरेका थिए ।

kds-1778586695.png

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बजार परिसूचक ३९ दशमलव ४४ अंकले ओरालो लाग्दै २ हजार ७४४ दशमलव ४ बिन्दुमा पुगेको हो ।

आज १ करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ३३८ धितोपत्रमध्ये अधिकांश कम्पनीको शेयर मूल्य घटेको देखिएको छ । आज १३ धितोपत्रको शेयर मूल्य बढ्दा २५१ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ ।

मंगलबार अन्य समूहको उपसूचक शून्य दशमलव ७३ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।

आज हाइड्रोपावर २ दशमलव २२, फाइनान्स २ दशमलव ०३, होटेल तथा पर्यटन २ दशमलव ०२, उत्पादन तथा प्रशोधन १ दशमलव ६५, माइक्रोफाइनान्स १ दशमलव ५१, अन्य १ दशमलव ४९, विकास बैंक १ दशमलव ३७, लगानी १ दशमलव ३, बैंकिङ शून्य दशमलव ८३, निर्जीवन बीमा शून्य दशमलव ७७ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

आज धौलागिरी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

यसदिन फस्ट माइक्रोफाइनान्स लघुवित्त ८ दशमलव २९, कुमारी धनवृद्धि योजना ८ दशमलव २९, झापा इनर्जी ६ दशमलव ८९, आत्मानिर्भर लघुवित्त ६ दशमलव ११ र होटल फरेष्ट इनको शेयर मूल्य ६ दशमलव १ प्रतिशतले घटेको छ ।

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा आज वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति बढेर झण्डै ३५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय सुधार आएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । नौ महिनाको अवधिमा सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ । असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति चैत मसान्तसम्म आइपुग्दा २०.८ प्रतिशतले बढेर २३ अर्ब ५५ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो अवधिको तुलनामा २७.७ प्रतिशतले बढी हो । त्यस्तै, वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ५६.८ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ ।

हालको सञ्चितिले मुलुकको आयात धान्ने क्षमता पनि मजबुत देखिएको राष्ट्र बैंकको भनाइ छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले २१.८ महिनासम्म वस्तु आयात तथा १८.४ महिनासम्म वस्तु र सेवा आयात धान्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।

चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५७.२ प्रतिशत पुगेको छ । यस्तै, कुल आयातसँगको अनुपात १५३.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४१.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणलाई आवेदन खुला गरेको हो।

कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर अर्थात १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ९३ हजार ७५० कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ।

यस्तै, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १८ हजार ७५० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी वितरण भइसकेको कम्पनीले जनाएको छ।

अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका ७ लाख ७८ हजार १२५ कित्ता शेयर बिक्रीमा ल्याइएको हो। यसको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने म्याद छिटोमा जेठ १ गतेसम्म रहनेछ भने मागअनुसार पूर्ण आवेदन नपरे ढिलोमा जेठ १२ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

कम्पनीको वित्तीय अवस्थालाई मूल्यांकन गर्दै इक्रा नेपालले स्नो रिभर्स लिमिटेडलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस” प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आर.आर.) क्याम्पसमा अनेरास्ववियुको २६औँ क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले गोविन्द जङ्ग विष्टको अध्यक्षतामा ३१ सदस्यीय नयाँ क्याम्पस कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवनिर्वाचित कमिटीको सचिवमा ओखलढुङ्गाका विद्यार्थी नेता खम्बध्वज बस्नेत (सुजन) निर्वाचित भएका छन् । विद्यार्थीमाझ लोकप्रिय तथा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित बस्नेत यसअघि स्ववियु सदस्यका रूपमा पनि सक्रिय थिए ।

सम्मेलनपछि आफ्नो धारणा राख्दै सचिव बस्नेतले समयअनुसार विद्यार्थी आन्दोलनलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले विद्यार्थीका शैक्षिक, व्यावसायिक र भविष्यसँग सम्बन्धित मुद्दालाई केन्द्रमा राखेर रचनात्मक योजनासहित अघि बढ्ने बताए ।

नयाँ कमिटीका उपाध्यक्षमा दक्ष शाही, पासाङ स्याबो र सुस्मिता खड्का निर्वाचित भए । त्यस्तै, सह–सचिवमा एकेन्द्र खत्री, सुरेश चन्द्र र जेमिना पुन मगर चयन हुँदा कोषाध्यक्षको जिम्मेवारी अर्पण धिमिरेले पाए ।

विद्यार्थी सङ्गठनहरूको भूमिका र प्रभावबारे बहस भइरहेका बेला आर.आर. क्याम्पसमा सम्पन्न यो सम्मेलनलाई विद्यार्थी राजनीतिमा नयाँ सन्देश दिने कार्यक्रमका रूपमा हेरिएको छ । सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएसँगै क्याम्पसमा विद्यार्थी हकहितका विषय थप सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।