२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सुत्केरी आमालाई ६ महिनासम्म तलबी बिदा दिने गरी कानुन संशोधनको तयारी भइरहेको बताएकी छन् ।

फेसबुकमार्फत जानकारी दिँदै मन्त्री गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयार भइसकेको जनाएकी हुन् ।

प्रस्तावित संशोधनअनुसार सुत्केरी आमाले ६ महिनाको तलबसहितको बिदा पाउनेछिन् भने नवजात शिशुको स्याहारका लागि बाबुलाई ४२ दिनसम्मको बिदा दिने व्यवस्था गरिनेछ ।

मन्त्री गौतमका अनुसार संशोधन विधेयकको मस्यौदा तयार भइसकेको छ । अब मस्यौदालाई मन्त्रिपरिषद्मार्फत अघि बढाएर संसदमा दर्ता गर्ने तयारी छ ।

हाल प्रचलित ऐनअनुसार सुत्केरी महिलाले सुत्केरी हुनुअघि र पछि गरी ९८ दिनसम्म बिदा पाउने व्यवस्था छ । यस्तै, श्रीमतीको सुत्केरी स्याहारका लागि बाबुले १५ दिनसम्म बिदा पाउने प्रावधान रहेको छ ।

काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक निर्माण पूरा भएसँगै भोलिदेखि सडकखण्डमा नियमित रूपमा पूर्ण क्षमतामा सवारीसाधन सञ्चालन हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।

आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सकिएपछि केही सवारीसाधनलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । परीक्षण सफल भएपछि नियमित यातायात सञ्चालनका लागि आवश्यक कामलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

करिब ३०० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको हो । यसमा सात मिटर चौडाइको सडकसँगै नालीसमेत निर्माण गरिएको छ । सडक र नालीसहितको संरचना करिब साढे सात मिटर चौडा रहेको जनाइएको छ ।

ट्रयाक खोल्ने कामको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो । कामका लागि करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर खटिएका थिए ।

निर्माणमा ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग गरिएको थियो । बाढीले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन सहज बनाउन नयाँ ट्रयाक निर्माण गरिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।