२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू हुँदै आएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आर्थिक ऐनअनुसार लाग्दै आएको ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरिएको जानकारी दिए ।

सरकारका अनुसार अबदेखि कुनै पनि विद्यालय तथा स्वास्थ्य संस्थाले यी शीर्षकमा शुल्क असुल गर्न पाउने छैनन् ।

यसअघि प्रधानमन्त्री बालेन शाहले समता शुल्क हटाइने विषयमा अनौपचारिक रूपमा जानकारी दिएका थिए । मन्त्रिपरिषद्को बुधबारको निर्णयसँगै उक्त व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउने भएको हो ।

सरकारको यो निर्णयले शिक्षा र स्वास्थ्य सेवा उपयोग गर्ने सर्वसाधारणलाई थप आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर दुई हजार ७१२ दशमलव ५४ बिन्दुमा कायम भएको हो ।

बजारमा गिरावट आए पनि कारोबार रकम भने ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । बुधबार कुल १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका ३४३६ धितोपत्रमध्ये १९३ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै ७ वटा धितोपत्रको मूल्यमा कुनै परिवर्तन भएन ।

बुधबार नेप्सेका १३ वटा उपसमूहमध्ये अधिकांश समूह दबाबमा रहे । ११ वटा उपसमूहको परिसूचक घट्दा दुई वटा समूह मात्र सकारात्मक देखिएका छन् ।

बजारमा फाइनान्स समूहको उपसूचक शून्य दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ४५ प्रतिशतले बढेको छ ।

यता व्यापार समूहको उपसूचक २ दशमलव ६ प्रतिशतले घटेको छ । यस्तै निर्जीवन बीमा १ दशमलव २६, अन्य शून्य दशमलव ९८, जीवन बीमा शून्य दशमलव ६४, हाइड्रोपावर शून्य दशमलव ५७, माइक्रोफाइनान्स शून्य दशमलव ४२, होटेल तथा पर्यटन शून्य दशमलव ३१, बैंकिङ शून्य दशमलव २७, विकास बैंक शून्य दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ०७ र लगानी समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि बुंगल हाइड्रो १० दशमलव ५, साल्पा विकास बैंक ५ दशमलव ९२, पियर इनर्जी ५ दशमलव २३ र श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रिजको शेयर मूल्य ४ दशमलव ३२ प्रतिशतले बढेको छ ।

यसदिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स ३ दशमलव ९२, दिव्यश्वरि हाइड्रोपावर ३ दशमलव ६७ र सानिमा ग्रोथ फण्डको शेयर मूल्य ३ दशमलव ५३ प्रतिशतले घटेको छ ।

चितवन । बर्डफ्लुको असरका कारण केही समय घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ । उत्पादनमा कमी र बजारमा माग बढ्दै गएपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो ।

संघका अनुसार मंगलबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ । यस्तै, मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पु¥याइएको छ भने सानो अण्डाको मूल्य ४१५ रुपैयाँ तोकिएको छ। तीनै वर्गका अण्डाको मूल्यमा प्रतिक्रेट ५० रुपैयाँ वृद्धि गरिएको हो ।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घट्दै गएको अवस्थामा बजारमा अण्डाको माग बढेकाले मूल्य समायोजन गरिएको जानकारी दिए ।

उहाँका अनुसार बर्डफ्लु फैलिनुअघि दैनिक करिब ४५ लाख अण्डा उत्पादन हुँदै आएकोमा हाल उत्पादन घटेर करिब २८ लाखमा सीमित भएको छ । जेठको अन्तिमतिर प्रतिक्रेट ५५० रुपैयाँसम्म पुगेको अण्डाको मूल्य पछि घटेर ४५० रुपैयाँमा झरेको थियो ।

मूल्य बढे पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य भने पाउन सकेका छैनन् । अध्यक्ष पोखरेलका अनुसार एक क्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा अर्थात् प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ। हालको बजार मूल्य लागतभन्दा कम भएकाले किसान अझै घाटामै रहेको उनको भनाइ छ ।

पोखरेलले माग बढ्ने क्रम जारी रहेकाले आगामी दिनमा किसानले लागत मूल्य प्राप्त गर्ने अपेक्षा रहेको बताए । साथै, बर्डफ्लुका कारण ठूलो क्षति बेहोरेका कुखुरापालक किसानलाई राज्यले राहत उपलब्ध गराउनुपर्ने उनको माग छ ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बुधबार १०० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ ।

राष्ट्र बैंकले ८३ दिन अवधिको निक्षेप सङ्कलन बोलकबोल उपकरण प्रयोग गरी उक्त रकम व्यवस्थापन गर्न लागेको जनाएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ ।

राष्ट्र बैंकका अनुसार सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गर्दा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकम प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निक्षेप सङ्कलनको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । संकलित निक्षेपको साँवा तथा ब्याज असोज २७ गते भुक्तानी गरिनेछ ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । राष्ट्र बैंकका अनुसार एकल तथा बहुब्याजदर दुवै विधिबाट बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।