२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४१ दशमलव ७० अंकले बढेर दुई हजार ७१९ दशमलव २४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २३९ धितोपत्रको शेयर मूल्य बढ्दा ३२ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४३ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार म्युच्युअल फण्ड शून्य दशमलव ०२ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३ दशमलव २१ प्रतिशतले बढेको छ ।

यसदिन अन्य २ दशमलव ८१, हाइड्रोपावर २ दशमलव ७९, होटेल तथा पर्यटन १ दशमलव ९८, लगानी १ दशमलव ५५, विकास बैंक १ दशमलव ४८, व्यापार १ दशमलव १४, फाइनान्स शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८४, बैंकिङ शून्य दशमलव ५५, निर्जीवन बीमा शून्य दशमलव ४४ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ३७ प्रतिशतले बढेको छ ।

आज एभरेष्ट कलर १४ दशमलव ९७, रिज लाइन इनर्जी १४ दशमलव ६४, श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रीज १० दशमलव ९५, सोलु हाइड्रोपावर ९ दशमलव ५६ र रिलायन्स स्पीनिङ मिल्सको शेयर मूल्य ९ दशमलव ३१ प्रतिशतले बढेको छ ।

यसदिन आत्मनिर्भर लघुवित्त ६ दशमलव ८६ र लक्ष्मी उन्नती कोषको शेयर मूल्य ५ दशमलव १५ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । हिन्दू धर्मावलम्बीका लागि विशेष महत्व बोकेको साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । राजधानीस्थित पशुपतिनाथ मन्दिरमा भने बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । साउने झरीका बीच पनि श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शन र पूजा–आराधनाका लागि मन्दिर पुगेका छन् ।

दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विशेष तयारी गरिएको कोषले जनाएको छ । मन्दिर परिसरमा भक्तजनको आवागमन व्यवस्थापन, सुरक्षा तथा विशेष पूजाको सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाइएको छ । यद्यपि पदाधिकारी नियुक्तिमा भएको ढिलाइ र जनशक्ति अभावका कारण अपेक्षाअनुसार सेवा विस्तार गर्न चुनौती रहेको सदस्य सचिव श्रेष्ठले स्वीकार गरे ।

दर्शन व्यवस्थापनमा कोषका कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, मन्दिर पहरा गण, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघ–संस्थाले समन्वयात्मक रूपमा सेवा दिइरहेका छन् ।

लाखौँ श्रद्धालुलाई सहज र मर्यादित वातावरणमा दर्शन गराउने लक्ष्यसहित मन्दिरका चारै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ । विशेष पूजा भने बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ ।

दर्शनार्थीका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। बिहानदेखि भक्तजनको चाप रहे पनि लाम अत्यधिक नभएको कोषले जनाएको छ । साथै, पशुपति क्षेत्रमा प्राथमिक उपचारसहित आवश्यक सबै आधारभूत सेवा उपलब्ध गराइएको छ ।

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेव लगायत काठमाडौं उपत्यकाका प्रमुख शिव मन्दिरमा पनि श्रद्धालुको भीड लागेको छ । साउनको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा भक्तजनले पूजा, जलाभिषेक र दर्शन गर्दै भगवान् शिवप्रति आस्था प्रकट गरेका छन् ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।

यतिवेला देशभर अधिकांश भूभागमा बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै देशका पहाडी भूभागका धेरै स्थानमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै विश्व फुटबलमा नयाँ इतिहास रचेको छ । सोमबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको ट्रफी आफ्नो नाम गरेको हो ।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । त्यसपछि खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरेको शानदार गोल नै स्पेनको जितको आधार बन्यो । उक्त गोलसँगै स्पेनले लामो प्रतीक्षापछि पुनः विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्न सफल भयो ।

सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेन त्यसयता पहिलो पटक फाइनलमा पुगेको थियो । दोस्रो फाइनल यात्रालाई उपाधिमा रूपान्तरण गर्दै स्पेनले आफ्नो सुनौलो इतिहासमा अर्को अध्याय थपेको छ ।

यता, सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाले भने लगातार दोस्रो उपाधि जित्ने सपना पूरा गर्न सकेन । खेलको इन्जुरी समय (९०+४) मा एन्जो फर्नान्डेज रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि अतिरिक्त समयमा स्पेनको निरन्तर आक्रामक दबाब सामना गर्न नसक्दा अर्जेन्टिना अन्ततः पराजित हुँदै उपविजेतामै सीमित रह्यो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।