२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

आइतबार गणेश नेपालीको घर पुगेर उनकी आमालाई भेट्दै बस्नेतले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । साथै उनले गणेशकी छोरी प्रतिमाको स्नातक तहसम्मको अध्ययनका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

बस्नेतले परिवारलाई तत्काल राहत पुग्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराएको उल्लेख गर्दै मृतकको परिवारलाई दैनिक जीवन सञ्चालन तथा आवश्यक खर्च व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए ।

उनका अनुसार गणेशकी छोरीको स्नातक तहसम्मको अध्ययनका लागि आवश्यक सम्पूर्ण खर्चको व्यवस्थापन आफूले गर्नेछन् ।

गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक आत्मदाहको प्रयास गरेका गणेश नेपाली गम्भीर घाइते भएका थिए । उपचारका क्रममा शुक्रबार उनको निधन भएको थियो ।

कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा बस्नेतले मृतक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवार बाढीबाट प्रभावित भएपछि सुरक्षित स्थानतर्फ सर्ने क्रममा काँधमा जेब्रा झोला बोकेर हिँडिरहेका एक बालकको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएको छ। उक्त तस्बिर सार्वजनिक भएपछि धेरैको ध्यान तानेको हो।

सोही तस्बिर फेसबुकमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले ती बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, “यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ। तिमीलाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी।”

साम्पाङले बालकको अवस्थाप्रति दुःख व्यक्त गर्दै पीडाको घडीमा सानो सहयोगमार्फत साथ दिन चाहेको बताएका छन्।

अर्को फेसबुक स्टाटसमा उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विषय उठाउँदै सरकारको आलोचना गरेका छन्। धरानको मेयर हुँदा सुकुम्बासी बस्तीमा घर नम्बर वितरण, नाली निर्माण, घर मर्मतका लागि बजेट र आर्थिक सहयोग गरेको उल्लेख गर्दै अहिलेको सरकारले भने सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाए।

“यस्ता बालबालिकाको भविष्य नै देशको भविष्य भएकाले उनीहरूको संरक्षण आवश्यक छ” भन्दै उनले तस्बिरमा देखिएको बालकले बोकेको झोलामा भविष्यका सपना रहेको हुन सक्ने भाव व्यक्त गरेका छन्।

उक्त तस्बिर कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापित हुँदै गरेका परिवारको अवस्था देखाउँदै शनिबार रातोपाटीले सार्वजनिक गरेको थियो। त्यसपछि साम्पाङले तस्बिर सेयर गर्दै आर्थिक सहयोगको घोषणा गरेका हुन्।

काठमाडौं । साविक विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

आइतबार बिहान कान्सास सिटी स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा पुगेको हो, जहाँ १० खेलाडीमा सीमित स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाले दुई गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित ग¥यो। अब अर्जेन्टिनाले सेमिफाइनलमा आगामी बुधबार एटलान्टामा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो । कप्तान लियोनेल मेसीले प्रहार गरेको कर्नरलाई अलेक्सिस म्याक एलिस्टरले आकर्षक हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए ।

पहिलो हाफमा पछि परेको स्विट्जरल्याण्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन ग¥यो । खेलको ६७औँ मिनेटमा रिकार्डो रोड्रिग्वेजको पासमा ड्यान एनडोयेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

खेलको ७२औँ मिनेटमा विवादास्पद घटना देखियो । रेफ्रीले सुरुमा अर्जेन्टिनाका लियान्द्रो परेदेसलाई पहेंलो कार्ड देखाए पनि भिएआरमार्फत पुनरावलोकन गर्दा स्विट्जरल्याण्डका ब्रील एम्बोलोले झूटो फलको अभिनय (सिमुलेसन) गरेको पुष्टि भयो । यसअघि नै पहेंलो कार्ड पाइसकेका एम्बोलोलाई दोस्रो पहेंलो पाएसँगै रातो कार्ड देखाइएपछि स्विट्जरल्याण्ड बाँकी समय १० खेलाडीमा सीमित रह्यो ।

संख्यात्मक रूपमा बलियो बनेको अर्जेन्टिनाले अतिरिक्त समयमा लगातार आक्रमण जारी राख्यो। खेलको ११२औँ मिनेटमा जुलियान अल्भारेजले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयतर्फ बढिरहेको १२०औँ मिनेटमा लाउतारो मार्टिनेजले काउन्टर अट्याकमार्फत अर्को गोल थपेपछि अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित भयो ।

यो जितसँगै अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि यात्रातर्फ एक कदम नजिक पुगेको छ । अब टोलीले फाइनल प्रवेशका लागि इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । इङ्गल्याण्डले यसअघि क्वाटरफाइनलमा नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । फुटबलप्रेमीहरू अब मेसी नेतृत्वको अर्जेन्टिना र जुड बेलिङ्घम सम्मिलित इङ्गल्याण्डबीचको रोमाञ्चक सेमिफाइनलको प्रतीक्षामा छन् ।

काठमाडौं । अमेरिकाले इरानविरुद्ध तेस्रो चरणको सैन्य कारबाही सुरु गरेको घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले होर्मुज जलघाँटीमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि आक्रमण गरेपछि नयाँ सैन्य अभियान सुरु गरिएको हो ।

सेन्टकमले सार्वजनिक गरेको विवरणअनुसार आक्रमणबाट जहाजमा आगलागी भएको छ भने इन्जिनमा क्षति पुगेपछि जहाजले यात्रा जारी राख्न सकेन । घटनामा चालक दलका एक सदस्य अझै बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ ।

अमेरिकाले जुन १६ मा भएको शान्ति सम्झौताअनुसार इरानलाई आफ्नो प्रतिबद्धता पूरा गर्ने थप अवसर दिइएको भए पनि त्यसको पालना नगरेको आरोप लगाएको छ । सेन्टकमले व्यापारिक जहाजमाथिका निरन्तर आक्रमणको जवाफस्वरूप इरानको समुद्री आक्रमण क्षमतालाई कमजोर पार्ने उद्देश्यले सैन्य कारबाही जारी रहेको जनाएको छ ।

यता इरानले भने अमेरिकी आरोपलाई अस्वीकार गर्दै होर्मुज जलघाँटी अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ । आईआरजीसीको नौसैनिक शाखाले जारी गरेको विज्ञप्तिअनुसार केही जहाजले ‘अनधिकृत मार्ग’ प्रयोग गरी जलमार्ग पार गर्ने प्रयास गरेपछि चेतावनीस्वरूप गोली चलाइएको थियो ।

आईआरजीसीले विदेशी शक्तिको हस्तक्षेपका कारण क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको दाबी गर्दै अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म कुनै पनि जहाज वा नौसैनिक साधनलाई होर्मुज जलघाँटी पार गर्न अनुमति नदिने जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी वार्ता जारी रहने संकेत दिएका छन्। उनले युद्धविरामको प्रयास जारी रहे पनि आवश्यक परे सैन्य कारबाहीसँगै कूटनीतिक संवाद पनि अघि बढ्ने बताएका छन् ।

काठमाडौं । इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । इंग्ल्यान्डको जितमा जुड बेलिंघम नायक बने, उनले टोलीका दुवै गोल गरे ।

खेलको ३६औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर बेलिंघमले बराबरी गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए ।

दोस्रो हाफको ५४औँ मिनेटमा टोबजन हेगमले गोल गरे पनि भीएआर परीक्षणपछि त्यसलाई मान्यता दिइएन । गोल हुनुअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका एक डिफेन्डरमाथि फाउल गरेको ठहर गर्दै रेफ्रीले गोल रद्द गरेका थिए ।

निर्धारित समयको दोस्रो हाफमा थपिएको सात मिनेटको इन्जुरी समयमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि विजयी गोल गर्दै इंग्ल्यान्डलाई अन्तिम चारमा पु¥याए ।

अब सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदूरपश्चिमको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश सहित कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका घेरै र बाँकी हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।