२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै भोलि बिहान ११ बजेका लागि तय गरिएको बैठक स्थगित गरी आगामी १२ गते दिउँसो १ बजे बस्ने जनाएको हो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनसँग संसद् बैठकको तालिका जोडिएको भन्दै आलोचना बढ्न थालेको छ ।

यसअघि पनि रास्वपाको महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधिसभा बैठक ६ दिन पछाडि सारिएको थियो । महाधिवेशन निर्धारित समयभन्दा लम्बिएपछि संसद् बैठक पुनः स्थगित गरिएको हो ।

हाल रास्वपाका सांसदहरू मात्र नभइ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू समेत चितवनमा छन् । सिंगो मन्त्रिपरिषद्का सदस्यहरू पार्टी कार्यक्रममा व्यस्त रहेका बेला संसद्को नियमित कार्यसूची प्रभावित हुनु संसदीय अभ्यास र सरकारको प्राथमिकतामाथि प्रश्न उठाउने विषय बनेको छ ।

संसद् जनताका मुद्दा उठाउने सर्वोच्च थलो भए पनि सत्तारुढ दलको आन्तरिक कार्यक्रमका कारण बैठक प्रभावित भएको देखिनुले संसदीय जिम्मेवारीभन्दा दलगत गतिविधिलाई प्राथमिकता दिइएको टिप्पणी हुन थालेको छ । विपक्षी दलहरूले समेत यस विषयलाई लिएर सरकारको जवाफदेहिता र संसद्प्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउन सक्ने देखिएको छ ।

संसद् सञ्चालनलाई दल विशेषको कार्यक्रमसँग जोडेर पटक–पटक प्रभावित बनाइनु लोकतान्त्रिक संस्थाप्रतिको सम्मान र संसदीय संस्कृतिका दृष्टिले उचित नदेखिएको भन्दै राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ४५ अंकले घटेर दुई हजार ६६० दशमलव ०२ बिन्दुमा कायम भएको हो ।

बजारमा १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका ३३८ धितोपत्रमध्ये ६२ कम्पनीको शेयर मूल्य बढेको छ । २०२ कम्पनीको घट्दा १० कम्पनीको मूल्य स्थिर रह्यो । क्षेत्रगत रूपमा हेर्दा १३ मध्ये ११ उपसूचक राताम्मे बनेका छन् भने व्यापार र फाइनान्स समूहमा हरियाली देखिएको छ ।

आज व्यापार शून्य दशमलव ८१ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव १९ प्रतिशतले बढेको छ ।

यसदिन अन्य १ दशमलव ०२, उत्पादन तथा प्रशोधन १ दशमलव १, निर्जीवन बीमा शून्य दशमलव ६४, हाइड्रोपावर र होटेल तथा पर्यटनको समान शून्य दशमलव ६२, विकास बैंक शून्य दशमलव ५७, बैंकिङ शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ४६, म्युचुअल फण्ड शून्य दशमलव ४४, माइक्रोफाइनान्स शून्य दशमलव ३८ र लगानी समूहको उपसूचक शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।

आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् । यस्तै भुजुंग हाइड्रोपावर ११ दशमलव ८९, सीवाइसी नेपाल लघुवित्त ९ दशमलव ९ र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ५ दशमलव ८९ प्रतिशतले बढेको छ ।

यस्तै सोपान फर्मास्यूटिकल्स ५ दशमलव ०५, भगवती हाइडचोपावर डेभलवमेन्ट ३ दशमलव ६६, माहुली लघुवित्त ३ दशमलव ३६ र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव २५ प्रतिशतले घटेको छ ।

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बन्दसत्र सम्पन्न भएसँगै केन्द्रीय निर्वाचन आयोगले निर्वाचनका सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

संशोधित विधानअनुसार पार्टीको १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने बाँकी ५१ सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

यसअघि सभापति पदमा वर्तमान सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्षलगायत १९ पदाधिकारीको चयन दोस्रो चरणमा सोही केन्द्रीय समितिबाट गरिनेछ ।

निर्वाचनलाई प्रविधिमैत्री बनाउन महाधिवेशन स्थलमा ८० वटा विद्युतीय भोटिङ उपकरण (राम–लक्ष्मण भोटिङ मेसिन) जडान गरिएको छ । साथै, कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नसकेका तथा विदेशमा रहेका प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक मोबाइल एपमार्फत मतदान गर्ने सुविधा उपलब्ध गराइएको छ ।

करीब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुने मतदान प्रक्रियामा उम्मेदवारको संख्या धेरै भएकाले मतदान र मतगणनामा केही समय लाग्न सक्ने अनुमान गरिएको छ । रास्वपाले भने आजै मतदान र मतगणना सम्पन्न गरी आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन समापन गर्ने लक्ष्य लिएको छ ।

काठमाडौं । दिनभर ऊर्जावान् र ताजा महसुस गर्न चाहनुहुन्छ भने बिहान खाली पेटमा मह मिसाएको तातो पानी पिउने बानी उपयोगी हुन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार यो सरल घरेलु उपायले शरीरलाई हाइड्रेट राख्नुका साथै विभिन्न स्वास्थ्य लाभ प्रदान गर्न मद्दत गर्छ ।

महमा पाइने प्राकृतिक पोषक तत्व र एन्टिअक्सिडेन्टले शरीरलाई स्फूर्त राख्न सहयोग गर्ने विश्वास गरिन्छ । नियमित सेवन गर्दा निम्न फाइदा हुन सक्छन्—
१. पाचन प्रणाली सुधार
तातो पानी र महले पाचन प्रक्रियालाई सहज बनाउन तथा पेटसम्बन्धी सामान्य समस्या कम गर्न सहयोग गर्न सक्छ ।

२. शरीरलाई हाइड्रेट राख्छ
रातभर पानी नपाएको शरीरलाई बिहानै आवश्यक तरल पदार्थ उपलब्ध गराउन मद्दत गर्छ ।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग
महमा रहेका एन्टिअक्सिडेन्ट र जीवाणुरोधी गुणले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन भूमिका खेल्न सक्छन् ।

४. घाँटीलाई आराम
घाँटी दुख्ने वा खराश हुने समस्या भएमा मह मिसाएको तातो पानीले राहत दिन सक्छ ।

५. तौल व्यवस्थापनमा सहयोग
बिहान यस्तो पेय पदार्थ सेवन गर्दा पेट लामो समयसम्म भरिएको महसुस हुन सक्छ, जसले अनावश्यक खानाको मात्रा घटाउन मद्दत पुर्‍याउन सक्छ ।

६. शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत
पर्याप्त पानी सेवनले शरीरको प्राकृतिक सफाइ प्रक्रियालाई सहयोग गर्ने विश्वास गरिन्छ ।

७. दिनभर ताजापन र ऊर्जा
बिहानको सुरुआत मह र तातो पानीबाट गर्दा शरीरमा ताजापन र हल्कापन महसुस हुन सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार मह र तातो पानी लाभदायक हुन सक्छ, तर कुनै पनि स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह लिएर मात्र नियमित सेवन गर्नु उपयुक्त हुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।