२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

शैलुङ । विश्व योग दिवस २०८३ को अवसरमा दुर्गा माध्यमिक विद्यालयमा योगासन, प्राणायाम तथा ध्यानसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा आचार्य श्री स्वामी ध्रुवले विद्यार्थी तथा शिक्षकहरूलाई योग र ध्यानका विविध पक्षबारे प्रशिक्षण दिए ।

कार्यक्रममा योगको महत्व, स्वस्थ जीवनशैलीमा यसको भूमिका तथा मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे जानकारी गराउनुका साथै व्यवहारिक अभ्याससमेत गराइएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठ, समाजसेवी सोवित उप्रेती, नवराज खड्का, रुद्र थपलिया लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा विद्यालय व्यवस्थापन समिति, अन्य विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै सहभागी शैलुङ हिलटन माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण श्रेष्ठले योग अभ्यासले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘योग गर्दा विद्यार्थीहरूमा सकारात्मक सोचको विकास हुन्छ, यसले तनाव र डर कम गर्न सहयोग पुर्‍याउँछ,’ उनले भने, ‘साथै पढेका विषयवस्तुहरू राम्रोसँग स्मरण गर्न सक्ने क्षमता वृद्धि हुने तथा मानसिक तनाव व्यवस्थापन गर्न समेत मद्दत पुग्ने निष्कर्ष रहेको छ ।’

प्रधानाध्यापक श्रेष्ठका अनुसार विद्यालय तहदेखि नै योग तथा ध्यानलाई प्रोत्साहन गर्न सके विद्यार्थीहरूमा अनुशासन, एकाग्रता र आत्मविश्वास बढ्नुका साथै शैक्षिक उपलब्धिसमेत सुधार हुने छ ।

May be an image of one or more people, people performing martial arts and text

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।