
काठमाडौं, २५ जेठ । यस साताको कारोबार पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दशमलव २७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७३५ दशमलव १४ को विन्दुमा बन्द भएको छ ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर ५६ हजार ८४५ पटक किनबेच भएको छ ।
सोमबार ३५६ धितोपत्र कारोबारमा आए, जसमध्ये २२१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४३ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स समूहको उपसूचकबाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा धेरै १.७७ प्रतिशतले घटेको छ ।
कालिञ्चोक हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १० प्रतिशत बढेको छ ।
कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.१४ प्रतिशत घटेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने बढेको छ । आइतबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





