२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ ।

यस दिन नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर दुई हजार ७५५ दशमलव ४१ बिन्दुमा कायम भएको हो ।  बजारमा लगानीकर्ताको बिक्री दबाब देखिँदा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ ।

शुक्रबार १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ७० करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो। यस आधारमा कारोबार रकम करिब ९२ करोड रुपैयाँले वृद्धि भएको छ ।

कारोबारमा आएका ३५१ धितोपत्रमध्ये ७४ कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

क्षेत्रगत रूपमा हेर्दा फाइनान्स समूह सर्वाधिक २ दशमलव ७७ प्रतिशतले उकालो लागेको छ । त्यस्तै म्युचुअल फण्ड शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०६ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले बढेको छ । 

यता अधिकांश उपसमूह राताम्मे बनेका छन् ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, अन्य र हाइड्रोपावरको समान शून्य दशमलव ७४, बैंकिङ र जीवन बीमा को समान शून्य दशमलव ४४, व्यापार शून्य दशमलव २३, माइक्रोफाइनान्स तथा विकास बैंक समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उपकार लघुवित्त ७ दशमलव ७, बेष्ट फाइनान्स ७ दशमलव ५५ र सिटी होटलको शेयर मूल्य ७ दशमलव ०६ प्रतिशतले बढेको छ ।

यसैगरी होटल फरेष्ट इन ४ दशमलव २२, माबुलिङ इनर्जी ४ दशमलव १७ र रिज इनर्जीको शेयर मूल्य ३ दशमलव ८३ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदी दुवै धातुको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले घटेर ५ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन ्। पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।

काठमाडौं, २२ जेठ । एभरेष्ट कलर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले सर्वसाधारणतर्फको निष्काशन प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । उक्त शेयरमध्ये ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई तथा १५ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएर बाँडफाँट गरिसकिएको छ ।

बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता शेयर अब सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा यस शेयरको मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ ।

एभरेष्ट कलरको आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।