२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा बुधबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा हितका विषयमा छलफल भएको जनाइएको हो ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत लामिछानेलाई भेट्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने उनको प्रतिबद्धतालाई स्वागत गरेको बताएका छन् ।

मोदीले भारतको ‘नेबरहुड फस्र्ट’ (छिमेकी पहिलो) नीतिमा नेपाललाई विशेष प्राथमिकता प्राप्त साझेदारका रूपमा राखिएको पनि स्पष्ट पारेका छन् । उनले नेपालमा बनेको नयाँ सरकारसँग मिलेर दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा भारत तयार रहेको बताएका छन् ।

पाँचदिने भारत भ्रमणका क्रममा लामिछानेले यसअघि भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटघाटका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र क्षेत्रीय चासोका विषयमा छलफल भएको बताइएको छ ।

त्यसैगरी, उनले मंगलबार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयको समेत भ्रमण गरेका थिए । लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्ध र संवाद विस्तारको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । बजार परिसूचक २ दशमलव ६६ अंकले बढेर दुई हजार ७८० दशमलव २५ बिन्दुमा कायम भएको हो ।

आज शेयर बजारमा लगानीकर्ताको सक्रियता बढेको देखिएको छ । कुल १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका ३४७ धितोपत्रमध्ये १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

उपसमूहगत प्रदर्शनतर्फ निर्जीवन बीमा क्षेत्र सर्वाधिक ३ दशमलव ३७ प्रतिशतले उकालो लागेको छ । यस्तै जीवन बीमा १ दशमलव ७३, विकास बैंक शून्य दशमलव ६६, माइक्रोफाइनान्स शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, होटेल तथा पर्यटन शून्य दशमलव १८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

यस्तै अन्य २ दशमलव ३६, फाइनान्स १ दशमलव १६, व्यापार शून्य दशमलव २४, बैंकिङ शून्य दशमलव १३, हाइड्रोपावर शून्य दशमलव ११ र लगानी समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै विजय लघुवित्त ८ दशमलव ७३, सयपत्री हाइड्रोपावर ७ दशमलव ०५ र नेपाल इन्सुरेन्सको शेयर मूल्य ६ दशमलव १७ प्रतिशतले बढेको छ ।

यसदिन नेपाल रिइन्सुरेन्स ५ दशमलव १८, सेन्ट्रल फाइनान्स ३ दशमलव ४८, हिमालयन रिइन्सुरेन्स ३ दशमलव ३९ र त्रिशुली जल विद्युत्को शेयर मूल्य ३ दशमलव ३९ प्रतिशतले घटेको छ ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागिएको करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बसोबास गर्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्। उनी नेपाल एयरलाइन्समा विगत १६ वर्षदेखि ग्राउन्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार विश्वास सोमबार राति मलेसियाको क्वालालम्पुर जान Batik Air को उडान नम्बर OD181 मार्फत भिजिट भिसामा प्रस्थान गर्ने तयारीमा थिए। सुरक्षा जाँचका क्रममा उनीमाथि शंका लागेपछि विस्तृत खानतलासी गरिएको थियो।

जाँचका क्रममा उनले बोकेको कालो सुटकेसभित्र रहेको फलामको कराइमा लुकाएर राखिएको नेपाली तथा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ। बरामद रकमको कुल मूल्य करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।

प्रहरीले उनको राहदानी र अन्य कागजात परीक्षण गर्दा उक्त रकम विदेश लैजान आवश्यक कानुनी प्रक्रिया तथा स्वीकृति नलिएको देखिएको जनाएको छ। अनुसन्धानका क्रममा विश्वासले विभिन्न समयमा नेपालबाट २६ पटक विदेश यात्रा गरेको विवरण पनि भेटिएको प्रहरीले जानकारी दिएको छ।

बरामद नगद, राहदानी तथा अन्य सामग्रीसहित विश्वासलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने सामान्य रूपमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमै कायम भएको छ । अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्यमा भने केही कमी आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा देखिने उतारचढावको प्रभाव स्थानीय बजारमा पनि पर्ने गरेको छ ।

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

पाँच दिने भारत भ्रमणका क्रममा रहेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग विभिन्न भेटवार्ता गरेका थिए । उनले भाजपा अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण, द्विपक्षीय हितका विषय, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलबीचको सम्बन्ध विस्तारलगायतका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ ।

भारत भ्रमणका अवसरमा लामिछानेलाई भाजपा नेतृत्वले विशेष स्वागत गरेको थियो । भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सहभागी छन् ।

सोमबार भारत पुगेको उक्त टोली जेठ २२ गते नेपाल फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।