२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव २४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७७७ दशमलव १० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन परिसूचक २७ दशमलव ८५ अङ्कले बढेर २,७८६ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड १८ लाख ६८ हजार ४०५ कित्ता शेयर ५२ हजार ६९२ पटक किनबेच भएको छ ।

मंगलबार३४२ धितोपत्र कारोबारमा आए, जसमध्ये १९० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये निर्जीवन बीमा र म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन लगानी समूहको उपसूचक सबैभन्दा धेरै ०.६९ प्रतिशतले घटेको छ । निर्जीवन बीमा समूहको उपसूचक ०.३५ र म्युचुअल फण्डको ०.२५ प्रतिशतले बढेको छ ।

मंगलबार कुथेली बुकारी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ । त्यस्तै, त्रिशुली जलविद्युतको ५.८६, सृजनशील लघुवित्त वित्तीय संस्थाको ५.६५, नेपाल रि–पब्लिक मिडियाको ५.२४ र विकास हाइड्रोपावरको ३.५४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशतले घटेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३.१४, आत्मनिर्भर लघुवित्तको ३.४५ र एनआईसी एशिया बैंकको २.४४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ रहेको छ । सोमबार यही सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा ९० रुपैयाँले ओरालो लागेको हो । आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालस्थित युरोपेली संघ (ईयू)मा आबद्ध मुलुकका गैरआवासीय राजदूत तथा विभिन्न मिसनका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे तय गरिएको उक्त कार्यक्रममा नेपाल र ईयू सदस्य राष्ट्रबीचको सम्बन्ध, सहकार्य र साझा प्राथमिकताका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपालको समसामयिक प्राथमिकता, विकास साझेदारी, कूटनीतिक सम्बन्ध विस्तार तथा आपसी सहयोगका सम्भावनाबारे विचार आदानप्रदान हुनेछ ।

प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले सामूहिक संवादमार्फत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित छलफल हुने जानकारी दिइन् ।

यसअघि पनि प्रधानमन्त्री बालेनले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए । तर, उनले हालसम्म कुनै पनि देशका राजदूतसँग व्यक्तिगत रूपमा छुट्टाछुट्टै भेटवार्ता भने गरेका छैनन् ।

नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीहरूलाई लिएर जनताका दुई स्थायी गुनासा थिए-एउटा, धेरै बोल्छन्; अर्को, बोलेजस्तो काम गर्दैनन् । गिरिजाप्रसाद कोइरालादेखि केपी शर्मा ओलीसम्म आइपुग्दा भाषण, प्रतिक्रिया, टिप्पणी र प्रतिटिप्पणी नेपाली राजनीतिका नियमित दृश्य थिए । कुनै प्रधानमन्त्री संसद्मा धेरै बोलेर आलोचित भए, कुनै सार्वजनिक मञ्चमा उखान–टुक्का र व्यंग्यले चर्चित बने । जनताले कतिपय अवस्थामा ‘कम बोल्ने र बढी काम गर्ने’ नेतृत्व खोजिरहेका थिए ।

तर अहिले परिस्थिति उल्टिएको छ । देशले यस्तो प्रधानमन्त्री पाएको छ, जो लगभग बोल्दै बोल्दैनन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।