२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

दोलखाको पर्यटकीय क्षेत्र शैलुङमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–१ निवासी २१ वर्षीय अञ्जन लामा रहेका छन् । उनलाई प्रहरी टोलीले शैलुङ क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार शैलुङ घुम्न आएका बेला करिब १५ वर्षीया नाबालिकामाथि करणी गरेको आरोप लागेपछि पीडित पक्षको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

घटनाबारे पीडित बालिकाका आफन्तले प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको थियो । पीडित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।

लामालाई दोलखा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।

घटनासम्बन्धी अनुसन्धान मुलुकी फौजदारी संहिता २०७४ को सम्बन्धित दफाअनुसार अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ को नयाँ शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार सूचना जारी गर्दै देशभरका विद्यालयलाई निर्धारित समयमै भर्ना प्रक्रिया र पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।

केन्द्रका अनुसार शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ११ को अध्यापन असार १ गतेबाटै सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । सोहीअनुसार शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालयहरूलाई आवश्यक तयारी गर्न भनिएको जनाएको छ ।

सूचनामा स्थानीय तहलाई विद्यालयसँग समन्वय गरी कक्षा सञ्चालनलाई सहज बनाउन आग्रह गरिएको छ भने विद्यालयहरूलाई पनि सरकारको निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको उल्लेख छ ।

सरकारको निर्णयपछि एसइई उत्तीर्ण विद्यार्थीहरूले नयाँ शैक्षिक सत्र ढिलाइ बिना सुरु गर्न पाउने भएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।