२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अंकले घटेर दुई हजार ७४० दशमलव २५ बिन्दुमा कायम भएको हो ।

आज ५६ लाख ४३ हजार २८८ कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम उल्लेख्य घटेको हो । मंगलबार ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका ३३९ धितोपत्रमध्ये ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ । यस्तै १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उपसूचकतर्फ अधिकांश समूह दबाबमा देखिएका छन् । यसदिन व्यापार १ दशमलव ५ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।

यस्तै निर्जीवन बीमा शून्य दशमलव ६१, माइक्रोफाइनान्स शून्य दशमलव ५२, होटेल तथा पर्यटन शून्य दशमलव ४२, म्युचुअल फण्ड शून्य दशमलव ३९, फाइनान्स शून्य दशमलव ३६, बैंकिङ शून्य दशमलव २४, लगानी शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव १९, हाइड्रोपावर शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ५ अन्य समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

आज एशियन हाइड्रोपावर ११ दशमलव ४२, एसवाई प्यानेल नेपाल ४ दशमलव ६२, हिमालउन बैंक बन्ड २०८६ ४ दशमलव ३४, एनआईसी एशिया ग्रोथ फण्डको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

यसदिन धौलागिरी लघुवित्त ११ दशमलव १७, झापा इनर्जी ६ दशमलव २७, रिज लाइन इनर्जी ४ दशमलव ८७ र आरबीबी फोकस (४०)को शेयर मूल्य ३ दशमलव ७४ प्रतिशतले घटेको छ ।

काठमाडौं । सरकारले नयाँ कार्यविभाजन नियमावली तथा भूमि सम्बन्धी संशोधित नियमहरू पारित गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रशासनिक तथा कानुनी प्रक्रिया थप प्रभावकारी बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९’ संशोधन प्रस्तावलाई पनि स्वीकृति दिइएको जानकारी दिए ।

त्यसैगरी, मन्त्रिपरिषद्ले भूमि व्यवस्थापनसँग सम्बन्धित कानुनी व्यवस्था परिमार्जन गर्दै ‘भूमि सम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३’ लाई अनुमोदन गरेको छ ।

बैठकले सरकारी लगानी व्यवस्थापन समितिमा दुई जना प्रतिनिधिसभा सदस्यलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । समितिमा सांसद सुशील खड्का र सांसद योगेश गौचन थकालीलाई सदस्य बनाइएको छ ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने उकालो लागेको छ । बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६९५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपालमा सुनचाँदीको भाउ निर्धारण हुँदै आएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७००.०२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ८६.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका तर्फबाट संसदमा उत्तर दिने तय भएको हो ।

संसद सचिवालयले प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्री शाहले नै जवाफ दिने उल्लेख गरेको थियो । तर, पछि कार्यव्यवस्थामा परिवर्तन गर्दै प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री वाग्लेले प्रतिनिधित्व गर्ने निर्णय गरिएको जनाइएको छ ।

काठमाडौं, ३० वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बाँडफाँट प्रक्रिया गरिएको हो ।

कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो, जसको मूल्य १७ करोड ४३ लाख रुपैयाँ बराबर रहेको छ ।

उक्त आईपीओमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । बिक्री अवधिभर २९ लाख ८२ हजार ४९८ जनाबाट ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन् ।

आवेदन संख्या अत्यधिक भएपछि कम्पनीले गोलाप्रथा प्रणालीमार्फत शेयर बाँडफाँट गरेको जनाएको छ । सो अनुसार १ लाख ७४ हजार ३०० आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीका अनुसार आईपीओको नतिजा केही समयमै सार्वजनिक गरिनेछ ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ ।

बैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि दर्ता गराएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रमका विभिन्न पक्षमा सांसदहरूबीच छलफल हुने कार्यतालिका रहेको छ ।

यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूचीसमेत रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।