२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अपेक्षाकृत कमजोर रहने संकेत गरेको छ । विभागले शुक्रबार सार्वजनिक गरेको मनसुन आकलनअनुसार देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष देशभर अधिकतम र न्यूनतम तापक्रम पनि औसतभन्दा बढी रहने अनुमान गरिएको छ । यसले गर्मीको प्रभाव अझ बढ्न सक्ने संकेत गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा भने सरदर वर्षा हुने सम्भावना रहेको छ । तर कर्णालीका दक्षिणी क्षेत्र, लुम्बिनीका अधिकांश भू–भाग, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, मधेश प्रदेशको पश्चिमी भू–भाग तथा कोशी प्रदेशका मध्य क्षेत्रहरूमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको महाशाखाको प्रक्षेपण छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बजार परिसूचक २७ दशमलव ४९ अंकले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा पुगेको हो ।

आज ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार २ अर्ब ९३ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका ३३५ धितोपत्रमध्ये २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । यस्तै आठ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

उपसूचकतर्फ अधिकांश समूहमा सकारात्मक प्रभाव देखिएको छ । १३ समूहको उपसूचकमध्ये १२ को बढ्दा व्यापार समूह मात्रै स्थिर रह्यो ।

आज फाइनान्स १ दशमलव ८७, हाइड्रोपावर १ दशमलव ७१, निर्जीवन बीमा १ दशमलव ५२, होटेल तथा पर्यटन १ दशमलव ४८, अन्य १ दशमलव १४, लगानी १ दशमलव १२, उत्पादन तथा प्रशोधन १ दशमलव ४, विकास बैंक शून्य दशमलव ९३, बैंकिङ शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ६४, म्युचुअल फण्ड शून्य दशमलव ५५ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ ।

यस्तै व्यापार २ दशमलव ८४, विकास बैंक शून्य दशमलव ०५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।

आज त्रिशुली जल विद्युत् १०, होटल फरेष्ट इन ७ दशमलव ९, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ६ दशमलव १२, एनआईसी एशिया ब्यालेन्स फण्ड ५ दशमलव ७४ र अँखु खोला जल विद्युन्को शेयर मूल्य ५ दशमलव ४८ प्रतिशतले बढेको छ ।

यसैगरी स्वाभम्बन लघुवित्त ६ दशमलव ५४, ज्योति विकास बैंक प्रोमोटर शेयर २ दशमलव ९९, ग्लोबल आएमी सम्मुनत योजना २ दशमलव ६२ र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य २ दशमलव ४७ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । रायोको सागमा अत्याधिक विषादी फेला परेको छ । मध्यपुर थिमी नगरपालिका, भक्तपुरबाट कालीमाटी ल्याएर बिक्रीका लागि राखिएको पसल नं. ३८१७ मा ५५ दशमलव ७२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको हो ।

शुक्रबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १३ पसलको १३ ओटा तरकारी तथा फलफूल परीक्षण गर्दा सागमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले वृद्धि हुँदै ५ हजार २ सय ७५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । भारतको इन्दोरमा मानव संवेदनासँग जोडिएको अत्यन्तै अमानवीय र चकित पार्ने अवैध कारोबार सार्वजनिक भएको छ । शहरका विभिन्न मुक्तिधाम र मसानघाटमा अन्तिम संस्कारका क्रममा प्रयोग भएका लुगा तथा कात्रोहरू चोरी गरेर फेरि बजारमा बिक्री गर्ने गिरोह सक्रिय रहेको तथ्य बाहिर आएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्कर⁠को रिपोर्टअनुसार, शवसँग प्रयोग भएका महँगा कपडा, साडी, सुट, ज्याकेट तथा ओढ्ने कात्रोहरूलाई घाट क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य बनाइ बिक्री गरिँदै आएको छ ।

रिपोर्टमा उल्लेख भएअनुसार, अन्तिम संस्कारअघि वा चितामा राख्ने क्रममा मृतकबाट हटाइएका कपडाहरू केही व्यक्तिहरूले संकलन गर्छन्। त्यसपछि ती कपडालाई सफा गर्ने ठाउँमा लगेर धोइपखाली, सुकाइ तथा प्रेस गरी नयाँजस्तै बनाइन्छ । पछि ती सामग्रीलाई इन्दोरका स्थानीय सस्तो बजारहरूमा नयाँ प्याकिङसहित बिक्रीका लागि राखिने गरिएको पाइएको छ ।

यस्ता कपडा बजार मूल्यभन्दा निकै कम दरमा बिक्री हुने गरेका छन् । सामान्यतया हजारौँ रुपैयाँ पर्ने कपडासमेत ५० देखि २०० रुपैयाँमै पाइने भएकाले आर्थिक रूपमा कमजोर वर्गका मानिसहरू त्यसतर्फ आकर्षित हुने गरेका छन् ।

स्वास्थ्य विज्ञहरूले भने यस्तो कार्यलाई गम्भीर स्वास्थ्य जोखिमसँग जोडिएको बताएका छन् । उनीहरूका अनुसार मृतकको शरीरमा रहेका जीवाणु वा संक्रामक रोग कपडामार्फत अन्य व्यक्तिमा सर्न सक्ने खतरा रहन्छ, जसले छालासम्बन्धी रोगदेखि अन्य संक्रमण फैलिन सक्ने सम्भावना बढाउँछ ।

सामाजिक र धार्मिक दृष्टिले समेत मृतकसँग सम्बन्धित सामग्रीको यसरी पुनः व्यापार गरिनुलाई अत्यन्तै असंवेदनशील र अशोभनीय कार्य मानिएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक आव्हान गरेका छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिने सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको हो ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ । साथै, बैठकबाट केही महत्वपूर्ण निर्णयसमेत सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।