२०८३ बैशाख ९ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ९ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज, चैत १३ गते दिउँसो १२ः३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

त्यसै दिन रास्वपाले मन्त्रिपरिषद् विस्तारको तयारी पनि अघि बढाएको छ। पार्टीका शीर्ष नेताहरूले अब बन्ने १६ मन्त्रीहरूको नाम टुंगो लगाइसकेका छन्।

न्त्री बन्न लागेकाको सूची हेर्नोस्–
१. बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री, रक्षा 
२. डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. सुधन गुरुङ, गृहमन्त्री 
४. शिशिर खनाल, परराष्ट्रमन्त्री
५. सोविता गौतम, कानुनमन्त्री
६. सस्मित पोखरेल, शिक्षामन्त्री
७. सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल, सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह, उद्योग वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता, स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल, संस्कृति/पर्यटन
१४. डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना
१५. दीपक शाह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी, कृषि तथा पशुपन्छी

काठमाडौं । अमेरिकाले आफ्नो मौद्रिक इतिहासमा पहिलोपटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर कागजी नोट (डलर) मा राख्ने तयारी गरेको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार आगामी गर्मीयामदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर अंकित नोटहरू प्रचलनमा ल्याइनेछन् ।

यो निर्णय अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँगै कार्यान्वयनमा ल्याइने बताइएको छ । यससँगै सन् १८६१ देखि कायम रहँदै आएको ट्रेजररको हस्ताक्षर अनिवार्य रहने परम्परा अन्त्य हुने भएको छ । अबदेखि नोटमा ट्रेजररको हस्ताक्षर हटाइनेछ र त्यसको सट्टा राष्ट्रपतिको हस्ताक्षर रहनेछ ।

ट्रेजरी विभागअन्तर्गत रहने ट्रेजररले ब्यूरो अफ एनग्रेभिङ एन्ड प्रिन्टिङ तथा अमेरिकी टकमारी (मिन्ट) जस्ता निकायहरूको निगरानी गर्दै आएका थिए । नयाँ व्यवस्था अनुसार आगामी जुन महिनादेखि राष्ट्रपति ट्रम्प र ट्रेजरी सचिव स्कट बेसेन्टको हस्ताक्षरयुक्त १०० डलरका नोटहरू छापिनेछन् । त्यसपछि क्रमशः अन्य दरका नोटहरू पनि बजारमा ल्याइनेछ ।

हाल भने पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालका ट्रेजरी सचिव जेनेट येलेन र पूर्व ट्रेजरर लिन मालेर्बाको हस्ताक्षर भएका नोटहरू उत्पादन भइरहेका छन् ।

ट्रम्प प्रशासनले यस परिवर्तनलाई आफ्नो उपलब्धि संस्थागत गर्ने कदमका रूपमा प्रस्तुत गरेको रोयटर्सले जनाएको छ । ट्रम्पले यसअघि पनि विभिन्न सरकारी संरचना, कार्यक्रम तथा सिक्काहरूमा आफ्नो नाम जोड्ने प्रयास गर्दै आएका थिए ।

हालै ट्रम्पद्वारा नियुक्त एक कला प्यानलले ट्रम्पको तस्बिर अंकित सुनको सिक्काको डिजाइनलाई स्वीकृति दिएको थियो । तर जीवित व्यक्तिको तस्बिर सिक्कामा राख्न नपाइने कानुनी प्रावधानका कारण नियमित प्रयोग हुने १ डलरको सिक्कामा भने उनको तस्बिर राख्न सम्भव भएको छैन ।

ट्रेजरी सचिव स्कट बेसेन्टले विज्ञप्ति जारी गर्दै ट्रम्पको दोस्रो कार्यकालमा हासिल भएको आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई सम्मानस्वरूप यस्तो निर्णय गरिएको बताएका छन् । उनले अमेरिकी स्वतन्त्रताको २५०औँ वर्षगाँठका अवसरमा राष्ट्रपतिको हस्ताक्षर डलरमा राख्नु महत्वपूर्ण सम्मान हुने उल्लेख गरे ।

यस्तै, वर्तमान ट्रेजरर ब्रान्डन बिचले पनि यस कदमको समर्थन गर्दै ट्रम्पलाई आर्थिक पुनरुत्थानको प्रमुख नेतृत्वकर्ता भएको दाबी गरेका छन् ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । शुक्रबार चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

देशको ४३औँ प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ९ चैत २०८२ मा उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराउनेछन्।

यससँगै आजै मन्त्रिपरिषद् विस्तारको तयारी पनि गरिएको छ। रास्वपा स्रोतका अनुसार हालसम्म १० जना मन्त्रीको नाम टुंगो लगाइसकिएको छ।

यी हुन् १० मन्त्रीहरू

शिशिर खनाल– परराष्ट्रमन्त्री

स्वर्णिम– अर्थमन्त्री 

गृहमन्त्री– सुदन गुरुङ

कानुनमन्त्री– सोविता गौतम

सामान्य प्रशासनमन्त्री– प्रतिभा रावल

महिला बालबालिका– सीता वादी 

भौतिक पूर्वाधारमन्त्री– सुनील लम्लास 

उद्योगमन्त्री– अमरेशकुमार सिंह

ऊर्जामन्त्री– विराज भक्त श्रेष्ठ

स्वास्थ्यमन्त्री– निशा मेहता
 

काठमाडौं । बालेन्द्र शाह नेतृत्वमा बन्ने नयाँ सरकारमा अर्थ मन्त्रालय स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालय शिशिर खनालले सम्हाल्ने लगभग निश्चित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच भएको पछिल्लो छलफलपछि यी दुई मन्त्रालयको जिम्मेवारी टुंगिएको पार्टीका एक शीर्ष नेताले जानकारी दिएका छन् ।

यसअघि २१ फागुनमा सम्पन्न निर्वाचन अभियानकै क्रममा सभापति लामिछानेले वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । उनले आगामी आर्थिक वर्षको बजेट तयारीमा समेत वाग्लेलाई संलग्न हुन आग्रह गरेका थिए ।

त्यस्तै, शिशिर खनाल यसअघि शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । उनी रास्वपा र बालेन्द्र शाहबीचको एकता प्रयासमा पनि सक्रिय रूपमा सहभागी भएका थिए । हाल उनी पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

यसैबीच, गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ । सुरुमा स्वास्थ्य मन्त्रालय दिने विषयमा छलफल भए पनि अन्ततः उनलाई कानुन मन्त्रालयमै जिम्मेवारी दिने सहमति भएको हो ।

गृह मन्त्रालयमा तीन नेताको दाबी
गृह मन्त्रालयको जिम्मेवारीका लागि भने रास्वपाभित्र प्रतिस्पर्धा देखिएको छ । नेता सुनिल लम्साल, उपसभापति डिपी अर्याल र सुधन गुरुङमध्ये एक जनालाई गृह मन्त्री बनाउने तयारी भइरहेको छ ।

प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाहले सुशासनलाई प्राथमिकता दिँदै आफ्ना निकट सहयोगीलाई मन्त्री बनाउन चाहेको बताइन्छ । यता सभापति लामिछानेको रोजाइ उपसभापति अर्यालतर्फ देखिएको छ ।

काठमाडौँ । देशले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासमा तय गरिएको कार्यक्रमअनुसार आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउनेछन्।

राष्ट्रपति कार्यालयका अनुसार शपथअघि शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिनेछ। नेपालको संविधानको धारा ७६(१) अनुसार एकल सरकार गठन हुने तयारी गरिएको हो।

अपराह्न तय गरिएको शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्री परिषद्का सदस्यहरूको पनि शपथ हुने बताइएको छ।

 

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै १८२ सिट जितेको थियो। सोही आधारमा दलले बिहीबार बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गरेको हो।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका थिए। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नव-निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।