२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले समस्यामा परेका २० जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले समन्वय गरी सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ।

दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरू अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने ठगी कार्य लगायत गैरकानुनी गतिविधिमा संलग्न गराइएका थिए। केही व्यक्तिहरू भने बिना वैध भिसा त्यहाँ बसिरहेका अवस्थामा फेला परेका थिए।

कम्बोडिया सरकारको सहयोग र दूतावासको सक्रिय पहलमा उनीहरूको उद्धार सम्भव भएको हो। उद्धारपछि गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाको सहकार्यमा उनीहरूलाई काठमाडौं पठाइएको थियो। उनीहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्।

दूतावासले अझै पनि केही नेपालीहरू त्यस्तै अवस्थामा रहेको जानकारी आएको बताउँदै उनीहरूको उद्धारका लागि आवश्यक पहल भइरहेको जनाएको छ।

कठिन परिस्थितिमा रहेका नेपाली नागरिकलाई बैंककस्थित नेपाली दूतावास वा कम्बोडियास्थित NRNA प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

पछिल्लो तथ्यांकअनुसार कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढ्दै गएको देखिन्छ। सन् २०२१ मा १०१ जना मात्र पुगेका नेपालीहरूको संख्या २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ पुगेको छ।

दूतावासले आकर्षक प्रलोभनमा नपर्न र विदेश जानुअघि नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशहरूमा जान सर्वसाधारणलाई सचेत गराएको छ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा ५४ सयले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ । बुधबार पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच इरानले ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाएको छ। अमेरिका–इजरायल गठबन्धनले आफ्ना नेतामाथि भइरहेका आक्रमणको पृष्ठभूमिमा इरानले रणनीति परिवर्तन गर्दै अब उर्जा पूर्वाधारलाई निशाना बनाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अलजजिराका अनुसार कतार र साउदी अरेबियाका महत्वपूर्ण ऊर्जा संरचनाहरूमा आक्रमण भएको पुष्टि भएको छ। यस घटनाले खाडी क्षेत्रको सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।

आक्रमणपछि साउदी अरेबियाले कडा प्रतिक्रिया दिँदै इरानसँगको कूटनीतिक विश्वास गम्भीर रूपमा कमजोर भएको जनाएको छ। रियादले यस्तो गतिविधिले संवादको सम्भावना घटाउँदै प्रत्यक्ष टकरावको जोखिम बढाएको चेतावनी दिएको छ।

ऊर्जा पूर्वाधारमा लक्षित आक्रमणका कारण विश्व बजारमा तेल आपूर्तिमा अस्थिरता आउन सक्ने संकेत देखिएको छ। कतार र साउदी अरेबिया दुवै प्रमुख ऊर्जा आपूर्तिकर्ता भएकाले यसको असर अन्तर्राष्ट्रिय बजारमा पर्ने विश्लेषण गरिएको छ।

अमेरिकी सैन्य उपस्थितिलाई समर्थन गर्ने कतार, यूएई र साउदी अरेबियामाथि इरानले दबाब बढाउँदै आएको देखिन्छ। प्रारम्भमा अमेरिकी सैन्य अड्डा र हवाई संरचनामा केन्द्रित आक्रमण अहिले ऊर्जा क्षेत्रमा सरेको छ।

विशेषगरी कतारको प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफानमा भएको आक्रमणले उल्लेखनीय क्षति पुर्‍याएको बताइएको छ। अधिकारीहरूका अनुसार उक्त आक्रमणले उत्पादन र आपूर्ति प्रणालीमा प्रभाव पारेको छ। रास लाफान विश्वकै महत्वपूर्ण तरल प्राकृतिक ग्यास (LNG) केन्द्रमध्ये एक हो।

यसैबीच कतारले इरानप्रति कडा कूटनीतिक कदम चाल्दै त्यहाँस्थित इरानी दूतावासका केही सैन्य तथा सुरक्षा अधिकारीहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको छ, जसअनुसार उनीहरूले तत्काल देश छाड्नुपर्ने हुन्छ।

इरान आक्रामक रूपमा अघि बढेसँगै मध्यपूर्वमा द्वन्द्व थप फैलिने संकेत देखिएको छ भने आगामी घटनाक्रमले क्षेत्रीय तथा विश्व सुरक्षामा गम्भीर प्रभाव पार्ने सम्भावना रहेको छ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले हराएका थिए।
चुनाव परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै अग्रस्थान बनाउँदा, दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित रह्यो। परिणाम सार्वजनिक भएपछि थापाले राजीनामाको तयारी थालेका थिए। यद्यपि, पार्टीका विभिन्न तहका नेताहरूले उनलाई पदमा रहन सुझाव दिँदै आएका थिए।
निर्वाचनअघि विशेष महाधिवेशनमार्फत सर्वसम्मत रूपमा सभापति बनेका थापाको राजीनामाबारे अन्तिम निर्णय भने आगामी केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ। सो बैठक शुक्रबारका लागि तय गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।