काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (चैत १०) सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्दै दुई लाख ७३ हजार ९०० रुपैयाँमा कायम भएको छ।
यसअघि सोमबार (चैत ९) सुन प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
उता, चाँदीको मूल्य भने वृद्धि भएको छ। चाँदी प्रतितोला ८० रुपैयाँले बढेर चार हजार ५०५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य चार हजार ४२५ रुपैयाँ रहेको थियो।

Post Views: 91








