२०८३ बैशाख १५ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख १५ मंगलवार

रविविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरी दिने कृष्णप्रसाद जैसीलाई नयाँ सहकारी ठगी आरोपमा पक्राउ गरिएको छ। गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो । 

रजिस्ट्रारको रिपोर्ट अनुसार उनी धनुष बचत तथा ऋण सहकारीमा प्रमुख योजनाकार भएको आरोपमा छन्। धनुष सहकारीबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ। रजिस्ट्रारको पत्राचारपछि प्रहरीले जैसीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।

सहकारी मर्ज भएर बनेको नयाँ व्यवस्थापन समितिमा, साविक साइनो र धनुष सहकारीका पदाधिकारीहरूले समेत करोडौँ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ। जैसीले ऋण उपसमितिको पदाधिकारी भएर ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।

यसअघि जैसीको जाहेरीका आधारमा रवि लामिछानेसहित ५१ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा १ अर्ब ५१ करोड बिगो माग गरिएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।