२०८३ बैशाख १५ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख १५ मंगलवार

लिपुलेक नाकाबाट भारत–चीन व्यापार पुनः सुरु गर्ने तयारी

काठमाडौं । भारतले आगामी जुन महिनादेखि लिपुलेक भञ्ज्याङ हुँदै चीनसँगको सीमा व्यापार पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । कोभिड–१९ महामारीका कारण सन् २०२० मा बन्द भएको यो पुरानो व्यापारिक मार्ग करिब ६ वर्षपछि फेरि खुल्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्राप्त जानकारीअनुसार व्यापारिक गतिविधि प्रारम्भमा जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ । मौसम अनुकूल भएमा अवधि थप लम्ब्याउन सकिने बताइएको छ। पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा सडक सञ्जाल सुधार भएकाले यसपटक व्यापारीहरूको सहभागिता बढ्ने अनुमान गरिएको हो ।

यद्यपि, लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ । यसलाई आफ्नो नक्सामा समेटेको छ । तर भारत र चीनले उक्त नाकालाई द्विपक्षीय व्यापारिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्, जसले क्षेत्रीय संवेदनशीलता अझ बढाएको छ ।

भारतीय अधिकारीहरूका अनुसार स्थापित प्रक्रिया अनुरूप व्यापार अनुमति जारी गरिनेछ, जसले इच्छुक व्यापारीहरूलाई समयमै दर्ता गर्ने अवसर दिनेछ । पिथौरागढ जिल्लाका प्रमुख अधिकारीहरूले सम्बन्धित निकायहरूसँग समन्वय बैठक सम्पन्न गरिसकेको जनाइएको छ ।

इतिहासतः सन् १९६२ को भारत–चीन युद्धपछि बन्द भएको यो मार्ग सन् १९९२ मा पुनः सञ्चालनमा आएको थियो । सन् २०२० सम्म निरन्तर प्रयोगमा थियो। पछिल्लो समय कैलाश मानसरोवर यात्रासमेत पुनः सुरु भएपछि स्थानीय तहबाट व्यापार पुनः सञ्चालनको माग बढ्दै आएको थियो ।

नेपाल र भारतबीच लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद जारी छ । विशेषगरी सन् २०२० मा भारतले धार्चुलादेखि लिपुलेकसम्म सडक उद्घाटन गरेपछि विवाद चर्किएको थियो। त्यसपछि नेपालले परिमार्जित राजनीतिक नक्सा सार्वजनिक गर्दै आफ्नो दाबी दोहो¥याएको थियो ।

करिब १७ हजार ५०० फिट उचाइमा रहेको लिपुलेक नाकाले भारतलाई तिब्बतको ताक्लाकोटसँग जोड्ने काम गर्छ । हालै निर्माण गरिएको मोटरयोग्य सडकका कारण ढुवानी प्रक्रिया सहज र कम खर्चिलो बनेको छ ।

नाका पुनः सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्र चलायमान हुने र सीमापार व्यापारिक सम्बन्ध पुनर्जीवित हुने अपेक्षा भारतीय पक्षले गरेको छ । तर, यस विषयमा नेपालको असन्तुष्टि भने यथावत् रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।