२०८३ बैशाख १७ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख १७ बिहीबार

ओली र लेखकमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार अदालतले दुवैलाई पाँच–पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद दिएको हो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई आज आइतबार म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो ।

यसअघि प्रहरीले १० दिन हिरासतमा राख्न माग गर्दै इजलाससमक्ष निवेदन दर्ता गरेको थियो । भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिससहित प्रतिवेदन बुझाएपछि उक्त आधारमा दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारी वकिलले पनि १० दिनको थुनाम्याद माग गर्दै इजलासमा निवेदन पेश गरेका थिए । तर अदालतले प्रारम्भिक चरणका लागि पाँच दिन मात्रै म्याद स्वीकृत गरेको हो ।

पक्राउ परेका ओली स्वास्थ्य समस्याका कारण महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हिजै भर्ना भएका थिए । उनको इजलासमा उपस्थिति ‘भर्चुअल’ माध्यमबाट गराइएको थियो भने रमेश लेखक सुनुवाइका क्रममा प्रत्यक्ष रूपमा इजलासमा उपस्थित भएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।