काठमाडौं । शनिबार बिहान केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेका छन् । उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राख्ने तयारी गरिएको छ ।

बालेन शाह नेतृत्वको सरकारले दुवै नेतालाई उनीहरूको निवासबाटै नियन्त्रणमा लिएको हो ।
सरकारका अनुसार, ओली नेतृत्वको कार्यकालमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा ७६ जनाको ज्यान जाने घटनामा उनीहरूलाई मुख्य जिम्मेवार ठहर गरिएको छ ।
यसैबीच, पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि सुरक्षाकर्मी उनीहरूको निवासमै पुगेर पक्राउ गरेका हुन् ।

Post Views: 58









