काभ्रे । अविरल वर्षापछि रोशी खोलामा आएको बाढी सडकमा पस्दा वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान करिब ३ः३० बजे काभ्रेको रोशी गाउँपालिका क्षेत्रअन्तर्गत विभिन्न स्थानमा खोला सडकसम्म आइपुगेको हो ।

बाढीका कारण चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । खोलाको बहाव तीव्र भएपछि सडक नै डुबानमा परेपछि यातायात सञ्चालन गर्न नसकिने अवस्था बनेको हो ।
प्रहरीले सम्बन्धित निकायसँग समन्वय गर्दै सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । यसैबीच, जिल्ला ट्राफिक कार्यालय काभ्रेले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Post Views: 84










