काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूको लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालले गरेका थिए । पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित थिएनन् ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आजको समापन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता शाह सहभागी हुने निश्चित भएको छ ।
उपसभापति अर्यालले शुभकामना मन्तव्य दिँदै सम्भव भएसम्म दुवै नेता कार्यक्रममा सहभागी हुने जानकारी दिएका थिए । यद्यपि रास्वपाले बुधबार सभापति लामिछानेको सहभागिता उल्लेख गरे पनि शाहको उपस्थितिको विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

Post Views: 58










