२०८३ बैशाख २४ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २४ बिहीबार

काठमाडौं । साताको मध्यदिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य रूपमा ओरालो लागेको छ । आज नेप्से १ दशमलव ६४ अंकले घटेर २ हजार ७११ दशमलव २२ बिन्दुमा बन्द भएको हो ।

कारोबारका हिसाबले भने बजारमा मध्यम गतिविधि देखिएको छ । ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम केही घटेको हो, जहाँ सोमबार ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आजको बजारमा ३३६ कम्पनीका धितोपत्र कारोबारमा आएका छन् । तीमध्ये १०४ कम्पनीको शेयर मूल्य बढ्दा १४९ को घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बुधबार उपसूचकतर्फ केही समूहमा सुधार देखिएको छ । आज माइक्रोफाइनान्स शून्य दशमलव ४८, होटेल तथा पर्यटन शून्य दशमलव २२, फाइनान्स र निर्जीवन बीमाको समान शून्य दशमलव १९, बैंकिङ शून्य दशमलव १६, म्युचुअल फण्ड शून्य दशमलव ८, लगानी शून्य दशमलव ४ र अन्य समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आज विकास बैंक शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५६, हाइड्रोपावर शून्य दशमलव ४३, जीवन बीमा शून्य दशमलव ३२ र व्यापार समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले घटेको छ ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त १३ दशमलव ७४, अपर लोहोरे खोला हाइड्रोपावर ५ दशमलव ९६, एनआईसी एशिया ग्रोथ फण्ड ५ दशमलव १६, एनएमबी सुलभ लगानी फण्डको शेयर मूल्य ४ दशमलव ६७ प्रतिशतले बढेको छ ।

यसदिन भगवती हाइड्रोपावर डेभलपमेन्ट ८ दशमलव ९, नारायणी डेभलपमेन्ट बैंक ७ दशमलव २७, एनआईसी एशिया ब्यालेन्स ४ दशमलव २१, मोदी इनर्जी ४ दशमलव १८ र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य ३ दशमलव ८९ प्रतिशतले घटेको छ ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । मंगलबार प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर पाँच हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि अब आम लगानीकर्तासमक्ष आएको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँमध्ये ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । सोमध्ये १२ लाख कित्ता स्थानीय बासिन्दालाई र ३ लाख ३ हजार ६७ कित्ता विदेशमा कार्यरत नेपालीलाई वितरण गरिसकिएको छ । साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर समेत छुट्याइसकिएको कम्पनीले जनाएको छ ।

अब बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसको मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ हुन्छ । यो शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उपलब्ध हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा वैशाख २८ गतेसम्म रहनेछ भने आवश्यक परे जेठ ६ गतेसम्म लम्बिन सक्नेछ ।

यस आईपीओका लागि गरिएको रेटिङअनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।