२०८३ बैशाख १५ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख १५ मंगलवार

पक्राउ परेका पूर्वमन्त्री खड्का अस्पतालमा भर्ना

पूर्वमन्त्री दीपक खड्का स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका खड्कालाई अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक अधिकृतले जानकारी दिए।

अनुसन्धान विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकमा हिरासतमा राखेको थियो। तर गएराति साढे १२ बजे बान्ता भएपछि अनुसन्धान अधिकृतको समन्वयमा उनलाई प्रारम्भमा नर्भिक अस्पताल लगिएको थियो। लगातार बान्ता हुन थालेपछि नर्भिक अस्पतालले उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो।

हाल शिक्षण अस्पतालमा उनलाई उपचार भइरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी राखेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।