काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ । नेप्से सूचक ४७ दशमलव ७१ अंकले ओरालो लाग्दै २ हजार ८३१ दशमलव ३९ बिन्दुमा झरेको हो ।

यसदिन ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा करिब १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको देखिएको छ, आइतबार १५ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
बजारमा आज अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ । जम्मा २६ कम्पनीको मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । कुल ३४१ धितोपत्र कारोबारमा सहभागी भएका थिए ।
सबै समूहगत सूचकहरुमा गिरावट आएको छ । यसदिन व्यापार समूह सर्वाधिक २ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।
यस्तै अन्य २ दशमलव १३, फाइनान्स २, हाइड्रोपावर १ दशमलव ९३, बैंकिङ १ दशमलव ८६, निर्जीवन बीमा १ दशमलव ८२, लगानी १ दशमलव ५९, विकास बैंक १ दशमलव २४, होटेल तथा पर्यटन १ दशमलव १८, जीवन बीमा १ दशमलव ४, माइक्रोफाइनान्स १ दशमलव ३, म्युचुअल फण्ड शून्य दशमलव ९८ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । को शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
यसदिन सोलु हाइड्रोपावर ७ दशमलव ७९, यूनिक नेपाल लघुवित्त ७ दशमलव २३, सीवाईसी नेपाल लघुवित्त ६ दशमलव ८६, एनआईबीएल ग्रोथ फण्ड ५ दशमलव ५२ र मन्टिप्रोसेस फाइनान्सको शेयर मूल्य ४ दशमलव ९३ प्रतिशतले ह्रास आएको छ ।










