
काठमाडौं । इजरायल र इरानबीच जारी युद्धमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग भएको तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आधुनिक प्रविधिको प्रयोगले युद्ध सञ्चालनको शैली नै परिवर्तन गरिरहेको हो ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टको रिपोर्ट अनुसार युद्ध सुरु भएको पहिलो २४ घण्टाभित्रै अमेरिकी सेनाले करिब १ हजार सम्भावित लक्ष्यमा आक्रमण गर्न एआई प्रणालीको सहयोग लिएको उल्लेख गरिएको छ । यसले युद्धको रणनीति निर्माण र लक्ष्य पहिचानमा प्रविधिको भूमिका बढ्दो देखाएको छ ।
त्यस्तै एनबीसी न्युजले जनाएअनुसार अमेरिकी सेनाले प्यालान्टिर कम्पनीको एआई प्रविधि प्रयोग गरेर आक्रमणका लक्ष्य पहिचान गरिरहेको छ । उक्त प्रणाली आंशिक रूपमा एन्थ्रोपिक कम्पनीले विकास गरेको ‘क्लड’ मोडेलमा आधारित रहेको बताइएको छ । हालसम्म युद्धका क्रममा ५ हजार ५ सयभन्दा बढी लक्ष्यमा आक्रमण भइसकेको जानकारी सार्वजनिक भएको छ ।
सैन्य अधिकारीहरूका अनुसार एआई प्रणालीले विशाल तथ्याङ्क विश्लेषण गरेर सम्भावित लक्ष्य पहिचान गर्न सहयोग गर्छ भने अन्तिम निर्णय भने मानव कमान्डरले नै गर्ने दाबी गरिएको छ । तर यो दाबीलाई लिएर विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका छन् ।
विशेषज्ञहरूले मिनाब शहरस्थित एक बालिका विद्यालयमा भएको मिसाइल आक्रमण, जसमा १ सय ६५ जनाको ज्यान गएको थियो, त्यसमा प्रयोग गरिएको एआई प्रणालीले पुरानो वा गलत डाटा प्रयोग गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यसैबीच एन्थ्रोपिक कम्पनीले आफ्नो एआई मोडेल स्वायत्त हतियार प्रणालीमा प्रयोग नगर्ने नीति दोहोर्याएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले कम्पनीलाई कालोसूचीमा राखेको बताइएको छ । सो निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ ।
युद्धमा एआई प्रविधिको प्रयोग बढेसँगै सैन्य क्षेत्रमा यसको अपरिहार्यता र निर्दोष नागरिकमाथि पर्ने सम्भावित जोखिमबारे विश्वव्यापी बहस चर्किंदै गएको छ ।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले हङकङसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई लक्षित गर्दै प्रारम्भिक टोली घोषणा गरेका छन् ।
नेपालले हङकङविरुद्ध आगामी मार्च २६ मा काठमाडौंस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । सो खेलको तयारीका लागि प्रशिक्षक एरेनाले ४९ खेलाडीलाई समेटेर प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् ।
प्रारम्भिक सूचीमा परेका खेलाडीहरूलाई प्रशिक्षणका लागि बन्द प्रशिक्षणमा बोलाइएको छ । उक्त प्रशिक्षणपछि अन्तिम टोली छनोट गरी सार्वजनिक गरिने एन्फाले जनाएको छ ।
एन्फाका अनुसार आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राख्दै टोलीको तयारी सुदृढ पार्न, नयाँ खेलाडीको क्षमता परीक्षण गर्न तथा रणनीतिक अभ्यास गर्न यो खेल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
प्रशिक्षक एरेनाले अनुभवी खेलाडीसँगै नयाँ प्रतिभालाई पनि अवसर दिने उद्देश्यले प्रारम्भिक टोलीमा ठूलो संख्यामा खेलाडी समावेश गरेका हुन् ।
काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको हत्या घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाका अध्यक्ष दलजित श्रीपाली नेतृत्वको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन माग गरेको हो ।
ज्ञापनपत्रमार्फत मोर्चाले पीडित परिवारले भोग्नुपरेको भौतिक तथा मानसिक क्षतिको उचित मूल्याङ्कन गरी न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री अर्यालले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले देशमा दण्डहीनताको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीका साथ अघि बढिरहेको बताए ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भएकी विक हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन् । उनी स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । विकको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित हुने २० जना सांसदको नाम टुंगो लगाएको छ । आइतबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ जना महिला समावेश हुने गरी उक्त नामावली चयन गरेको हो ।
पार्टीका प्रवक्ता देवराज घिमिरेका अनुसार कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कुल ६२ सांसद राख्नेछ । संवैधानिक व्यवस्थाअनुसार दुवै सदनमा कम्तीमा एकतिहाइ अर्थात् २१ जना महिला हुनुपर्ने भएकाले सोही आधारमा नाम सिफारिस गरिने उनले बताए ।
उनका अनुसार प्रतिनिधिसभाको समानुपातिक सूचीमा २० जनामध्ये १५ जना महिला अनिवार्य रूपमा समावेश गरिएको छ ।
क्लस्टरको आधारमा आदिवासी जनजाति र खसआर्यबाट ६÷६ जना, मधेसी र दलितबाट ३÷३ जना तथा मुस्लिम र थारू समुदायबाट १÷१ जनाको नाम सिफारिस गरिने निर्णय भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
निर्वाचन आयोगले तोकेको क्लस्टरसम्बन्धी मापदण्डसँग सूची नमिलेको अवस्थामा आवश्यक परिमार्जन गरिने पनि उनले बताए ।
काठमाडौं, १ चैत । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य रूपमा बढेको छ। आइतबार नेप्से परिसूचक ४ दशमलव ४५ अंकले बढेर २ हजार ८२४ अंकमा पुगेको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। हिजो १४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज १२४ कम्पनीको शेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा हेर्दा व्यापार समूह सबैभन्दा धेरै २ दशमलव ८३ प्रतिशतले बढेको छ। यसैगरी बैंकिङ समूह ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६ तथा अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।
यता लगानी समूह ०.५४ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह ०.६२ र जीवन बीमा समूह ०.४६ प्रतिशतले घटेका छन्।
आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन रहेका छन्। सोलु हाइड्रोपावरको शेयर आजबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो।
त्यसैगरी ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ५३ प्रतिशत र अभियान लघुवित्तको ५ दशमलव ३१ प्रतिशतले बढेको छ।
यसदिन दरामखोला हाइड्रो इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। साथै खानीखोला हाइड्रोपावरको ५ दशमलव १८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३ दशमलव ३५ प्रतिशत र हिमस्टार ऊर्जाको शेयर मूल्य ३ दशमलव ३० प्रतिशतले घटेको छ।
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा रहेका नेपालीलाई दूतावासले पुष्टि नभएका र भ्रम फैलाउने सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न चेतावनी दिएको छ। यो कदम एकजना नेपालीलाई भ्रामक सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेपछि आएको हो।
दूतावासले आइतबार (चैत १ गते) जारी गरेको सूचनामा यूएईमा रहेका नेपाली समुदायलाई गैरकानुनी र अनधिकृत कार्य नगर्न विनम्र अनुरोध गरेको छ।
दूतावासका अनुसार यस्ता कार्यमा संलग्न व्यक्ति यूएईको कानुनअनुसार कम्तीमा एकदेखि दुई वर्षसम्म जेल सजाय भोग्नुपर्ने र एक लाखदेखि दुई लाख दिरामसम्म जरिवाना हुन सक्ने जोखिममा हुन्छन्।
सूचनामा भनिएको छ कि सामाजिक सञ्जाल वा अन्य प्राविधिक माध्यमबाट अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशित वा प्रसारण नगर्न आवश्यक छ।
यूएईमा करिब ७ लाख नेपाली छन्। दूतावासले सबैलाई सुरक्षा मापदण्ड पालना गर्न र भ्रामक सामग्री, तस्वीर वा भिडियो पोष्ट नगर्न अनुरोध गरेको छ।
“यो विषम परिस्थितिको गाम्भीर्यतालाई बुझी वर्तमान परिस्थितिसँग सम्बन्धित कुनै पनि सामाग्री सामाजिक सञ्चालमा पोष्ट नगर्न, प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिबारे भ्रम फैलिने किसिमले तस्बिर/भिडिओ खिची पोस्ट नगर्न यूएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई राजदूतावास पुनः अनुरोध गर्दछ,” सूचनामा भनिएको छ ।
साथै, इन्टरसेप्सनमा निस्तेज पारिएका वा जमिनमा झरेका अवशेष नजिक गएर फोटो खिच्ने, छुन वा त्यसमा हस्तक्षेप नगर्न दूतावासले सचेत गराएको छ।
काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा विकास खर्च कमजोर रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म पुँजीगत खर्च वार्षिक बजेटको केवल १९ प्रतिशत मात्र खर्च भएको छ।
यस अवधिमा विकासका लागि तोकिएको ७८ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ मात्र खर्च भएको छ। त्यस्तै, चालू खर्च ५४ दशमलव ३७ प्रतिशत अर्थात ६ खर्ब ४२ अर्ब १४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनका लागि २ खर्ब ५ अर्ब ९५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ।
सरकारले चालू आर्थिक वर्षको लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। फागुन मसान्तसम्म कुल ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो।
त्यस्तै, राजस्व संकलनमा पनि लक्ष्यभन्दा केही कम उपलब्धि छ। फागुन मसान्तसम्म सरकारले ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ५० दशमलव ४९ प्रतिशत हो। चालू आवको कुल राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ।
कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाखको लक्ष्य राखिएकोमा हालसम्म ६ खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ असुली भएको छ। गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाखको लक्ष्य राखिएकोमा ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ।
वैदेशिक अनुदानमा पनि कम प्राप्ति देखिएको छ। ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबर अनुदान लिन लक्ष्य राखिएकोमा हालसम्म १३ अर्ब २४ करोड ५० लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको २४ दशमलव ७८ प्रतिशत हो।
काठमाडौं । जापानको इचिकावा सिटी चिडियाखाना मा बस्ने सात महिनाको सानो म्याकाक बन्दी ‘पञ्च’ले विश्वभरका मानिसहरूको ध्यान खिचेको छ। प्रारम्भमा साथी बन्दीहरूबाट डराउने र आमा जस्तो देखिने प्याच्यो खेलौनामा निर्भर देखिने पञ्चको तस्बिर र भिडियोले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो।
चिडियाखानाका कर्मचारीहरूका अनुसार प्रारम्भिक भिडियोहरूले देखाएको व्यवहार केवल पञ्चको सामान्य विकास चरणको हिस्सा हो। कर्मचारी सुनपेइ मियाकोशी ले सीएनएनसँग भने, ‘सानो पञ्चले नयाँ साथीहरू पत्ता लगाएको छ र अब प्याच्यो खेलौनामा निर्भरता कम भएको छ। ऊ आफ्ना साथी बन्दीसँग खेल्न र संवाद गर्न थालेको छ।’
पहिले पञ्चले अन्य बन्दीहरूबाट ट्याकल र पछि हट्ने अनुभव गरेका थिए, तर हाल उनी समूहमा एकीकृत हुन थालेको देखिन्छ। चिडियाखानाले सामाजिक सञ्जालमा उल्लेख गरेको छ कि केही आक्रामक व्यवहार देखाउने सदस्यहरू अस्थायी रूपमा वासस्थानबाट हटाइएका थिए।
मियाकोशीले भने, ‘जापानी म्याकाक बन्दीहरू शारीरिक रूपमा व्यवहार गर्छन् किनभने उनीहरूले मानव भाषा सिक्दैनन्। ती चुनौतीपूर्ण क्षणहरू पञ्चको विकास प्रक्रियाको सामान्य हिस्सा हुन्। यदि उनीहरू साँच्चै आक्रामक हुन्थे भने काट्ने तरिकाले प्रतिक्रिया दिन्थे।’
भले पनि पञ्च अझै सिक्दैछ। केही भिडियो क्लिपहरूमा देखिन्छ कि ठूलो बन्दीले उनलाई धकेलेपछि उनी आफ्नै प्याच्यो खेलौनातिर दौडन्छन्, जसले उनको मन शान्त पार्छ। मियाकोशीले थपे, “पञ्च अझै सिक्दैछ, प्रारम्भिक अनुभवहरूबाट आफूलाई तयार पार्दै।”
चिडियाखानामा विश्वभरबाट आगन्तुकहरू पञ्चलाई प्रत्यक्ष हेर्न आउँछन्। अमेरिकाबाट आएका नाशेर हामेश र मेलानी फोर्तियार जस्ता दर्शकहरूले पञ्चको कथामा आफूलाई पनि जोडिन्छ जस्तो महसुस गरेका छन्। मेलानीले भनिन्, जब संसारभर नकारात्मक समाचार भरिएको हुन्छ, पञ्चले देखाउने प्रेम र आशा एकदमै ताजा र प्रेरक लाग्छ।’
पञ्चको कथा केवल सानो बन्दीको अनुभव मात्र नभई, अपरिचित वातावरणमा आफूलाई अनुकूल बनाउन संघर्ष गर्ने जीवनका चुनौतीहरूको प्रतीक बनेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन गर्न अझै करिब १० दिन लाग्ने जनाएको छ । पार्टी सचिवालयको पछिल्लो बैठकमा यो जानकारी सार्वजनिक गरिएको हो ।
यसअघि, केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालयको बैठक बसिरहेको छ । आज सचिवालयको भर्चुअल बैठकमा समानुपातिक सांसदहरूको सूची चयन गर्ने कार्य समेत सञ्चालन हुँदैछ ।




