२०८३ बैशाख ८ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ८ मंगलवार

शेयर बजार राताम्मे, कारोबार बढ्दा पनि सुधार आएन

काठमाडौं । मंगलबार शेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १८.१० अंकले ओरालो लागेर २ हजार ८०७ बिन्दुमा सीमित भएको छ । कारोबार सुरु भएदेखि नै बजार दबाबमा रहँदै रातो अंकमा कारोबार भएको हो । अघिल्लो दिन पनि नेप्से १३ अंकले घटेको थियो ।

कारोबार रकम भने केही बढेको छ । सोमबार ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

आजको कारोबारमा ४८ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा २१५ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । क्षेत्रगत सूचकतर्फ होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो । यो समूह अघिल्लो दिन पनि सबैभन्दा बढी बढेको थियो ।

यस बाहेक अन्य सबै समूहका सूचक ओरालो लागेका छन् । बैंकिङ ०.४५ प्रतिशत, फाइनान्स १.०९ प्रतिशत, हाइड्रोपावर १.२३ प्रतिशत, लगानी ०.६० प्रतिशत, जीवन बीमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५३ प्रतिशत, माइक्रोफाइनान्स ०.४९ प्रतिशत, निर्जीवन बीमा ०.८६ प्रतिशत, अन्य समूह १.२७ प्रतिशत र व्यापार समूह ०.९६ प्रतिशतले घटेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ ३ कम्पनीको शेयर मूल्य १५ प्रतिशतसम्म बढेको छ । ती कम्पनीहरूमा पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर रहेका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२ प्रतिशत र एसियन हाइड्रोपावरको १०.३८ प्रतिशतले मूल्य बढेको छ ।

गिरावटतर्फ दोल्ती पावरको शेयर मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशतले घट्दा सोलु हाइड्रोपावर ५.७७ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल अगाडि रहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।