२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

काठमाडौं । सरकारले सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक स्वीकृति पाएपछि नयाँ भाडादर लागू गर्न तयारी सुरु गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अनुसार सार्वजनिक यातायातको भाडा करिब १६.७१ प्रतिशतले बढाइएको छ । मालवाहक सवारी साधनको भाडा पनि बढेको छ । पहाडी क्षेत्रका सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रका सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार केही दिनभित्रै नयाँ भाडाको विवरण आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गरिनेछ ।

व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य प्राविधिक कारण देखाउँदै लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए । भाडा वृद्धिको असर सर्वसाधारणको दैनिक यात्रा खर्च र उपभोग्य वस्तुको मूल्यमा पनि पर्न सक्ने देखिन्छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानमा पक्राउ पुर्जी जारी भएको छ ।

उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरु विरुद्ध पक्राउ पुर्जी लिएको हो ।
स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’
हाल देउवा दम्पत्ति विदेशमा बसोबास गर्दै छन् ।

काठमाडौं । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी कानून व्यवसायी परिचयपत्रका आधारमा वकिलहरुलाई सिंहदरवार प्रवेशमा कडाइ गरेको छ ।

नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई प्रवेशमा रोक लगाइएको भन्दै पहिलाको सहज पहुँच सुनिश्चित गर्ने पहललाई अवरुद्ध गरेको बताएका छन् ।

सिंहदरवारमा प्रशासकीय अदालत समेत रहेकाले वकिलहरुको प्रवेश अनिवार्य हुन्छ । तर नयाँ सरकारले वकिलहरुलाई ‘दोस्रो दर्जाको नागरिक’ जस्तो व्यवहार गर्दै प्रवेशमा कडाइ गरेको आरोप बारले लगाएको छ ।

तत्कालीन सभामुख सुवास नेम्वाङको पहलमा तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलासँग समन्वय गर्दै वकिलहरुलाई परिचयपत्रका आधारमा प्रवेश सहज बनाइएको थियो । तत्कालीन नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार, यो व्यवस्था तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्तारीसम्बन्धी अभिव्यक्ति र बहसपछि रोकिएको वकिलहरुको दावी छ ।

यसैबीच, प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै वकिलहरुले नागरिक एपमार्फत प्राप्त सिंहदरवार गेट पास अनुसार प्रवेश गर्नुपर्ने बताए । साथै, मुद्दाका पक्ष र वारेसले तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था भएको सूचनामा उल्लेख छ ।

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताहरूले डेटा प्याकेज सकिएपछि अनावश्यक रूपमा मेन ब्यालेन्स कटिने समस्यालाई समाधान गर्न नयाँ सुविधा ल्याएको छ। अब ग्राहकहरूले आफैंले चाहेको अनुसार डेटा प्रयोग हुँदा ब्यालेन्स काटिने वा नकाटिने विकल्प सजिलै छनोट गर्न सक्ने भएका छन्।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्छ। त्यसपछि देखिने मेनुमा चौथो नम्बरको “Enable/Disable PAYG” विकल्प छान्न अङ्क 4 थिचेर Send गर्नुपर्ने हुन्छ। त्यसपछि PAYG (पे एज यु गो) सम्बन्धी विकल्पहरू खुल्छन्, जसमा प्रयोगकर्ताले आवश्यक अनुसार सेटिङ मिलाउन सक्छन्।

उक्त विकल्पहरूमा Disable (निष्क्रिय), Enable (सक्रिय) र Status (अवस्था जाँच) समावेश छन्। यदि डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्स नकाटियोस् भन्ने चाहना छ भने Disable विकल्प रोज्न सकिन्छ।

तर, कहिलेकाहीँ आकस्मिक रूपमा डेटा आवश्यक पर्ने अवस्थामा भने Enable विकल्प प्रयोग गरी मेन ब्यालेन्सबाटै डेटा चलाउन सकिन्छ। यसले विशेष गरी डिजिटल भुक्तानी जस्ता कामका लागि छोटो समयको इन्टरनेट प्रयोग गर्न सहज बनाउनेछ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । आज सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने सुन २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ८२० रुपैयाँ रहेको थियो ।

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले ५६ दिन अवधिको निक्षेप सङ्कलन बोलकबोल उपकरण प्रयोग गर्दै अधिकतम २५ अर्ब रुपैयाँसम्मको प्रस्ताव आह्वान गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । यसमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँका गुणकमा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनका लागि ब्याजदर बोलकबोलकै आधारमा निर्धारण गरिनेछ भने संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २० गते गरिने बताइएको छ । राष्ट्र बैंकले बहुब्याजदर प्रणालीमार्फत समेत बोलकबोल गर्न सकिने स्पष्ट पारेको छ ।

काठमाडौं । आज (बुधबार) देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा तथा हिमपातको सम्भावना छ । यस कारण जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय छ, जसको असर भोलिदेखि अझ बढ्ने अनुमान गरिएको छ । उनका अनुसार केही स्थानमा भारी वर्षा वा हिमपात समेत हुन सक्ने भएकाले दैनिक कामकाज गर्दा सावधानी अपनाउन आवश्यक रहेको छ ।

विशेषगरी पश्चिमी क्षेत्रमा यसको प्रभाव बढी देखिने र बिहानैदेखि मौसममा परिवर्तन आउने उनले बताए । दिउँसोसम्म यो प्रणालीको असर काठमाडौं उपत्यकासहित मध्य भागसम्म फैलिने अनुमान गरिएको छ ।

विभागले जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ । साथै, मधेस प्रदेश र तराई क्षेत्रका केही स्थानमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने जनाइएको छ ।

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

त्यसैगरी मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । विभागका अनुसार बिहीबार पनि देशभर मौसम बदली नै रहनेछ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूविरुद्ध कडा कदम चाल्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार केही विद्यालयहरूले नियमविपरीत रूपमा भर्ना प्रक्रिया अगाडि बढाएको र अत्यधिक शुल्क लिएको भन्दै गुनासोहरू प्राप्त भएका छन् । विशेषगरी निजी विद्यालयहरूले ‘एन्युअल फी’ शीर्षकमा अतिरिक्त भर्ना शुल्क उठाउने गरेको उल्लेख गरिएको छ ।

यस विषयमा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्ने संस्थालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

मन्त्रालयले शैक्षिक सत्र सुरु हुनु अघि भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर शुल्क लिने तथा एउटै विद्यालयमा कक्षा उक्लिँदा पटक–पटक भर्ना शुल्क असुल गर्ने कार्यलाई गैरकानुनी ठहर गरेको छ ।

शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । साथै, प्रचलित कानुनविपरीत लिइएको अग्रिम शुल्क तत्काल फिर्ता गर्न पनि निर्देशन दिइएको छ ।

यदि कुनै विद्यालयले उक्त निर्देशन अटेरी गरेमा आवश्यक कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६१ अंकले ओरालो लाग्दै २,७५७.४ बिन्दुमा झरेको हो ।

आजको कारोबारमा कुल १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा घटेको देखिन्छ, जहाँ आइतबार १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबार भएका कुल ३४५ धितोपत्रमध्ये ८२ वटाको मूल्य बढ्दा १७५ वटाको घटेको छ भने १२ वटाको मूल्य स्थिर रहेको छ ।

मंगलबार होटेल तथा पर्यटन १ दशमलव ०८, अन्य शून्य दशमलव ७१, हाइड्रोपावर शून्य दशमलव १५ र बैंकिङ फण्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।

यस्तै व्यापार १ दशमलव ८८, विकास बैंक शून्य दशमलव ६२, म्युचुअल फण्ड शून्य दशमलव ५५, लगानी शून्य दशमलव ४६, जीवन बीमा शून्य दशमलव ४५, फाइनान्स शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव ३३, माइक्रोफाइनान्स शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्वीट गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।

यसदिन एनआईबीएल ग्रोथ फण्ड ७ दशमलव ०८, झापा इनर्जी ३ दशमलव ९६ र अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ६६ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । सरकारले डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार भएको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको दुई रिक्त डेपुटी गभर्नर पदमध्ये एकमा बैंककै कार्यकारी निर्देशक किरण पण्डितलाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतमसहित सदस्य ललिता कुमारी महर्जन र ध्रुव आचार्यले बुझाएको राजीनामालाई पनि स्वीकृत गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।