
पाँचथरमा युट्युबमार्फत नेताहरूलाई लक्षित गरी अपमानजनक र अश्लील भाषामा सामग्री प्रसारण गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमा प्रकाशित भिडियो सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो। पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । आइतबार स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार (चैत २७) सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई चार हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं । ‘समृद्धिका लागि वनस्पति’ भन्ने मूल नारासहित आज देशभर २७औँ वनस्पति दिवस विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदै छ ।
यसै अवसरमा वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो ६६औँ वार्षिकोत्सव पनि विशेष रूपमा मनाउने तयारी गरेको हो ।
दिवसका अवसरमा जडीबुटीको संरक्षण, अनुसन्धान, प्रवद्र्धन र व्यवसायीकरणका विषयमा अन्तरक्रिया, प्रदर्शनी तथा सम्मान कार्यक्रमहरू सञ्चालन गरिने विभागले जनाएको छ ।
यसका साथै विभिन्न स्थानमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी र कृषक लक्षित अभिमुखीकरण कार्यक्रमहरू समेत आयोजना गरिनेछन् ।
वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली विस्तार र जडीबुटीमा आधारित अर्थतन्त्र सुदृढीकरणमा जोड दिने उद्देश्य राखेको छ ।
चन्द्रमाको परिक्रमा गरी करिब १० दिन लामो अन्तरिक्ष यात्रा पूरा गरेर NASA को आर्टेमिस–२ मिसनमा सहभागी चार जना अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्। शुक्रबार उनीहरू सवार ओरायन क्याप्सुल प्रशान्त महासागरमा सफल अवतरण भएको हो।
आधा शताब्दीभन्दा बढी समयपछि मानवलाई चन्द्रमाको नजिक पुर्याएर सुरक्षित फर्काइएको यो पहिलो ऐतिहासिक उपलब्धि मानिएको छ। “इन्टिग्रिटी” नाम दिइएको गमड्रप आकारको क्याप्सुल क्यालिफोर्नियाको दक्षिणी तट नजिक स्थानीय समयअनुसार बेलुका करिब ५ बजे प्यारासुटको सहायताले समुद्रमा अवतरण गराइएको थियो।

पृथ्वीको वायुमण्डलमा पुनः प्रवेशको अन्तिम १३ मिनेट सबैभन्दा जोखिमपूर्ण रहेको बताइएको छ। सो क्रममा क्याप्सुलको बाहिरी सतहको तापक्रम करिब २,७६० डिग्री सेल्सियससम्म पुगेको थियो। अत्यधिक ताप र हावाको दबाबबाट बनेको प्लाज्माका कारण केही समय रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। पछि सम्पर्क पुनःस्थापित भएसँगै प्यारासुट खुलेको पुष्टि भएको थियो, जसले क्याप्सुलको गति घटाएर सुरक्षित अवतरण सम्भव बनाएको हो।
अप्रिल १ मा फ्लोरिडाको केप क्यानाभेरलबाट शक्तिशाली स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमार्फत उडेको यो मिसनले करिब ११ लाख किलोमिटरभन्दा बढी दूरी पार गरेको छ। यात्रामा सहभागी अन्तरिक्ष यात्रीहरूमा Reid Wiseman, Victor Glover, Christina Koch र Jeremy Hansen रहेका थिए।
यस मिसनले नयाँ कीर्तिमानहरू पनि कायम गरेको छ। ग्लोभर चन्द्रमाको नजिक पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बने भने कोच पहिलो महिला र ह्यान्सन पहिलो गैर-अमेरिकी नागरिक बनेका छन्। उनीहरूले पृथ्वीबाट ४ लाख ६ हजार किलोमिटरभन्दा बढी दूरी पार गर्दै Apollo 13 mission ले बनाएको पुरानो कीर्तिमानसमेत तोडेका छन्।

सन् २०२२ मा मानवरहित परीक्षणपछि गरिएको यो पहिलो मानवसहितको उडान हो। यसको मुख्य उद्देश्य भविष्यमा चन्द्रमाको सतहमा मानव अवतरण गराउने र दीर्घकालमा मंगल ग्रहसम्म मानव अन्वेषण विस्तार गर्ने योजनाको आधार तयार गर्नु हो।
यस सफलतासँगै अन्तरिक्ष क्षेत्रमा नयाँ प्रतिस्पर्धाको संकेत पनि देखिएको छ। शीतयुद्धकालीन अन्तरिक्ष दौडझैं अहिले आर्टेमिस कार्यक्रममार्फत अमेरिका चीनभन्दा अगाडि रहने रणनीतिमा छ। साथै, Lockheed Martin ले निर्माण गरेको ओरायन क्याप्सुलको हिट शिल्डको क्षमतासमेत यस मिसनले पुष्टि गरेको छ।
अवतरणपछि United States Navy र नासाको टोलीले समुद्रमा तैरिरहेको क्याप्सुलबाट चारै जना अन्तरिक्ष यात्रीलाई उद्धार गरी प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि नजिकैको जहाजमा लगेको जनाएको छ।
काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमार्फत सूचना प्रकाशित गर्दै नयाँ दर लागू गरेको जानकारी दिएको हो ।
नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका भित्र र बाहिर सञ्चालन हुने सवारीका लागि फरक–फरक भाडादर निर्धारण गरिएको छ। उपत्यकाभित्र भने दूरीका आधारमा भाडा समायोजन गरिएको छ ।
अब काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चढ्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ । त्यस्तै, ० देखि १० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ, ० देखि १५ किलोमिटरसम्म ३९ रुपैयाँ र ० देखि २० किलोमिटरसम्म ४४ रुपैयाँ कायम गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका लागि भने ५० रुपैयाँ भाडा तोकिएको छ ।
यता, विद्युतीय सवारी साधनको हकमा भने यसअघि २०७९ वैशाख १ गतेदेखि लागू गरिएको भाडादरलाई नै निरन्तरता दिइने मन्त्रालयले जनाएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । नेप्से आज १३ दशमलव ४६ अंकले घटेर २ हाजर ८३७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।
आज २ करोड १० लाख ८७ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बजारमा ५६ वटा धितोपत्रको मूल्य बढ्दा २०९ वटा घटेका छन् भने ३ वटाको मूल्य स्थिर रहेको छ । आज कुल ३३५ धितोपत्र कारोबारमा सहभागी भए ।
उपसूचकतर्फ १३ समूहमध्ये ११ समूह घटेका छन् भने २ समूह मात्रै बढेका छन् । आज उत्पादन तथा प्रशोधन १ दशमलव ५९ र हाइड्रोपाव समूहको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले बढेको छ ।
यस्तै अन्य १ दशमलव ३९, लगानी १ दशमलव १२, व्यापार १ दशमलव ०६, बैंकिङ शून्य दशमलव ७४, माइक्रोफाइनान्स शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ६७, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८, होटेल तथा पर्यटन शून्य दशमलव ४४ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले घटेको छ ।
आज ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिलाइन्स स्पीनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्री, सिखर पावर डेभलपमेन्ट, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसैगरी एनआईसी एशिया ब्यालेन्स ४ दशमलव १७, एनआईबीएल ग्रोथ फण्ड ४ दशमलव १७, माइ खोला हाइड्रोपावर ४ दशमलव ०४, माउण्टेन हाइड्रो नेपाल २ दशमलव ९८ र माबुलिङ इनर्जीको शेयर मूल्य २ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा गौरी कुमारीलाई नियुक्त गरिएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व रामजी यादवलाई दिइएको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयले शुक्रबार (चैत २७) उनीहरूको नियुक्ति भएको जानकारी दिएको हो ।
नियुक्त भएका दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
गौरी कुमारी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् भने रामजी यादव सप्तरी–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
यसअघि उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए । त्यस्तै, बिहीबार (चैत २६) दीपककुमार साहलाई पदबाट हटाइएपछि श्रम मन्त्रालय मन्त्रीविहीन बनेको थियो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता संचित भएपछि नेपाल राष्ट्र बैंकले आज १२५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार ५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागिएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ ।
बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी वैशाख २ गते गरिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउने छन् ।
राष्ट्र बैंकले निक्षेप सङ्कलनका लागि बहुब्याजदर प्रणालीमार्फत समेत बोलकबोल गर्न सकिने जनाएको छ ।
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (अप्रिल २०२६) अनुसार नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा सुस्त रहने प्रक्षेपण गरिएको छ ।
एडिबीका अनुसार वर्ष २०२६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडिपी) वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष २०२५ मा ४.६ प्रतिशत थियो ।
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले नागरिक अशान्ति, राजनीतिक अनिश्चितता तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण आर्थिक गतिविधि प्रभावित भई वृद्धि सुस्त रहने बताए । उनका अनुसार राजनीतिक स्थायित्व फर्किएमा अर्थतन्त्रमा सुधार आउने र लगानीकर्ताको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।
एडिबीले आगामी आर्थिक वर्ष २०२७ मा भने आर्थिक सुधार हुने संकेत गरेको छ । आन्तरिक मागमा वृद्धि, जलविद्युत् निर्यात र पर्यटन क्षेत्र सुदृढ हुने अपेक्षासँगै जीडिपी वृद्धिदर ५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
मुद्रास्फितितर्फ वर्ष २०२६ मा उपभोक्ता मुद्रास्फिति दर ३.७ प्रतिशत रहने र आर्थिक गतिविधिमा सुधारसँगै २०२७ मा बढेर ४.५ प्रतिशत पुग्ने अनुमान छ ।
त्यसैगरी, मध्यपूर्वको द्वन्द्वले नेपालको बाह्य क्षेत्रलाई समेत प्रभावित पार्ने देखिएको छ । विप्रेषण आप्रवाह र निर्यात वृद्धिमा कमी आउन सक्ने भन्दै चालु आर्थिक वर्षमा चालु खाता बचत जीडिपीको ७.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो वर्षको ६.७ प्रतिशतभन्दा केही उच्च भए पनि दीर्घकालीन रूपमा दबाबमा पर्ने संकेत गरिएको छ । आगामी वर्ष २०२७ मा भने आयात खर्च बढ्ने, पर्यटन प्रभावित हुने तथा आप्रवासनमा अस्थायी अवरोधका कारण चालु खाता बचत घटेर ५.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्यमा बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन भने सुन २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ पुगेको छ । हिजो चाँदी ४ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।





