२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित कुँवरले बुधबार (वैशाख २) सभामुखलाई सम्बोधन गर्दै औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।

उनले दिएको पत्रमा वैशाख २ गतेदेखि नै लागू हुने गरी पद त्याग गरेको उल्लेख गरे । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित भएका कुँवरले आफूले सोही मितिदेखि सदस्य पद त्यागेको स्पष्ट पारेका छन् ।

कुँवर मन्त्री बन्ने अपेक्षामा रहे पनि मन्त्रिपरिषद् विस्तारमा समावेश नभएपछि उनले सांसद पदबाटै बाहिरिने निर्णय गरेको बुझिएको छ ।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार नै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेका गरी आठ जना मन्त्री थपिएका छन् ।

ata-1776237907.jpg

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति सेवा सुचारु गरेको छ ।

वैदेशिक रोजगार विभागले बुधबार (वैशाख २) जारी गरेको विज्ञप्तिअनुसार गत चैत ३० गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयपछि उक्त चार देशका लागि पुनः श्रम स्वीकृति प्रक्रिया पुनः सञ्चालन गरिएको हो ।

यसअघि अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किएपछि सरकारले २०८२ फागुन १७ गते मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको थियो ।

त्यसपछि क्रमशः साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने निर्णय सरकारले गरिसकेको छ ।

अब अन्तिम चरणमा बाँकी रहेका इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पनि सेवा सुचारु गरिएको विभागले जनाएको छ ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । सरकारी कार्यालय वा कुनै पनि औपचारिक सेवाबाट पारिश्रमिक लिने, व्यापार–व्यवसाय गर्ने वा परामर्श सेवाबाट आम्दानी गर्ने व्यक्तिले पाँच हजार रुपैयाँभन्दा माथिको भुक्तानी गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने नियम छ । यद्यपि ‘आयस्रोत छैन, तर कारोबार छ’ भन्ने नयाँ शैलीमा ६ जना मन्त्रीहरूको सम्पत्ति विवरणले भने फरक कथा सुनाएको देखिन्छ ।

आइतबार सार्वजनिक भएको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरणअनुसार, शिक्षामन्त्रीसहित ६ मन्त्रीहरूले आफूलाई या त “आयस्रोतविहीन” देखाएका छन्, या त “साधारण गुजारा मात्र गर्ने” वर्गमा राखेका छन् । तर रोचक कुरा के छ भने, उनीहरूको बैंक खातादेखि सम्पत्तिसम्म भने करोडौंको छ ।

सरकारले २०७६ साउन १ गतेदेखि ‘एक व्यक्ति, एक प्यान’ नीति लागू गरे पनि ती ६ मन्त्रीहरूको विवरणमा प्यान नम्बर कतै भेटिँदैन । अझ रोचक कुरा, करयोग्य आय हुने अवस्थामा प्यान अनिवार्य हुने कानुनी व्यवस्था भए पनि विवरणले भने “अपवाद पनि चल्छ कि क्या हो?” भन्ने प्रश्न उठाइदिएको छ ।

काठमाडौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन (वैशाख १) मा देशभर उल्लेखनीय वर्षा छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सीमित स्थानहरूमा मात्रै हल्का वर्षाको सम्भावना छ ।

विशेषगरी पहाडी भूभागका एक–दुई स्थानमा स्थानीय वायुको प्रभावका कारण हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । दिउँसोको समयमा हिमाली क्षेत्रका केही स्थानहरू साथै कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि हिमाली भूभागमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ । साथै कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

काठमाडौं । आजबाट विक्रम संवत् २०८३ को सुरुआत भएसँगै देशभर नयाँ वर्ष उत्साहपूर्वक मनाइँदैछ । नयाँ वर्षलाई नयाँ आशा, उमङ्ग र सकारात्मक परिवर्तनको प्रतीकका रूपमा लिइन्छ । वर्षको पहिलो दिन आज मानिसहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै खुसी साटासाट गरिरहेका छन् ।

नेपालमा वैशाख १ गतेलाई परम्परागत रूपमा नयाँ वर्षको सुरुआती दिनका रूपमा मानिन्छ । प्राचीन संवत् मानिने विक्रम संवत्को आज पहिलो दिन भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्व पनि विशेष रहेको छ । विश्वका विभिन्न देशमा फरक–फरक समयमा नयाँ वर्ष मनाइने भए पनि नेपालीहरूका लागि वैशाख १ विशेष दिन हो ।

खगोलशास्त्रीय हिसाबले पनि आजको दिन महत्वपूर्ण मानिन्छ । सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मेष सङ्क्रान्ति पनि भनिन्छ । सूर्यको गतिसँग सम्बन्धित भएकाले विक्रम संवत् वैज्ञानिक आधारमा आधारित रहेको विद्वानहरू बताउँछन् ।

नयाँ वर्षको अवसरमा मानिसहरूले विगत वर्षको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ लक्ष्य र योजना बनाउने गर्दछन् । सफलता हासिल गर्ने र असफलता दोहोरिन नदिने सङ्कल्प गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, घरपरिसर सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, मिठा परिकार खाने तथा आफन्त र साथीभाइसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने चलन व्यापक छ ।

विदेशमा रहेका नेपालीहरूले पनि वैशाख १ लाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । यसै अवसरमा भक्तपुरमा परम्परागत बिस्का जात्रा पनि आयोजना गरिन्छ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने विश्वासका कारण यस दिनको छुट्टै धार्मिक र सांस्कृतिक महत्व रहेको छ ।

काठमाडौं । साताको पहिलो तथा वर्षको अन्तिम कारोबार दिन सोमबार शेयर बजार सामान्य गिरावटमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१८ अंकले घट्दै २८३३.६० बिन्दुमा झरेको हो ।

आज सेन्सेटिभ इण्डेक्स ०.३१ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० प्रतिशत र फ्लोट इण्डेक्स ०.२५ प्रतिशतले बढेको छ ।

कुल ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार १८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो साता लगातार ६ दिनको कारोबारमा नेप्से ६९ अंकले बढेर बन्द भएको थियो ।

आजको कारोबारमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहँदै ९३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये ६ उपसमूह बढेका छन् भने ७ उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ ।

त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेका छन् ।

यता बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशतले घटेका छन् ।

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट देखिएको छ । आइतबार सामान्य वृद्धि भएको सुनको भाउ सोमबार भने घटेर आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेर दुई लाख ९६ हजार ७ सय रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि सोमबार ओरालो लागेको छ । आइतबार प्रतितोला ४ हजार ९ सय ७५ रूपैयाँमा किनबेच भएको चाँदी आज घटेर ४ हजार ९ सय रूपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ७५ रूपैयाँले कम हो ।

अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुनको मूल्य प्रतिऔंस ४ हजार ७ सय २३ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।

अमेरिकी गुप्तचर निकायहरूले चीनले निकट भविष्यमा इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरिरहेको संकेत देखिएको दाबी गरेका छन्। यसबारे जानकारी भएका तीन स्रोतलाई उद्धृत गर्दै यस्तो आकलन सार्वजनिक गरिएको हो।

यो सम्भावित कदमलाई अन्तर्राष्ट्रिय रूपमा संवेदनशील र उत्तेजक मानिएको छ, विशेष गरी यसै साता मात्र चीनले इरान र अमेरिकाबीच युद्धविराम गराउन भूमिका खेलेको दाबी सार्वजनिक भएपछि। सोही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न चीन भ्रमणको तयारीमा रहेको खबर पनि आएको छ।

गुप्तचर मूल्याङ्कन अनुसार, इरानले युद्धविरामको अवस्थालाई आफ्नो सैन्य क्षमता पुनः सुदृढ गर्न प्रयोग गरिरहेको देखिन्छ। साथै चीनले ती हतियारहरू तेस्रो मुलुकमार्फत पठाउने सम्भावना पनि देखिएको उल्लेख छ, जसको उद्देश्य वास्तविक स्रोत लुकाउनु हुन सक्ने अनुमान गरिएको छ।

चीनले पठाउने भनिएको प्रणाली ‘MANPADS’ (म्यानप्याड्स) अर्थात काँधबाट प्रहार गर्न मिल्ने हवाई प्रतिरक्षा मिसाइल प्रणाली हो। यस्ता प्रणालीले कम उचाइमा उड्ने विमानहरू, विशेष गरी अमेरिकी सैन्य विमानहरूका लागि जोखिम सिर्जना गर्न सक्ने बताइएको छ। पछिल्ला पाँच हप्ताको द्वन्द्वका क्रममा पनि यस्ता हतियारले असमान प्रकारको खतरा उत्पन्न गरेको मूल्याङ्कन छ।

यस विषयमा गरिएको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले चीनले इरानलाई हतियार आपूर्ति गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। तर उनले चीनसँग यस विषयमा प्रत्यक्ष संवाद भएको छ वा छैन भन्नेबारे स्पष्ट पारेका छैनन्।

यता वासिङ्टनस्थित चिनियाँ दूतावासले भने यी आरोप अस्वीकार गरेको छ। दूतावासका प्रवक्ताले चीनले कुनै पनि पक्षलाई हतियार उपलब्ध नगराएको भन्दै उक्त दाबी गलत भएको प्रतिक्रिया दिएका छन्। साथै अमेरिकालाई आधारहीन आरोप नलगाउन र तनाव घटाउन सहयोग गर्न आग्रह गरिएको छ।

विश्लेषकहरूको भनाइमा, यदि चीनले प्रत्यक्ष रूपमा इरानलाई हतियार आपूर्ति गरेको पुष्टि भए यो उसको विदेश नीति र सैन्य समर्थनको नयाँ चरण हुनेछ। हालसम्म चिनियाँ कम्पनीहरूले इरानलाई द्वैध प्रयोग (dual-use) प्रविधि उपलब्ध गराउँदै आएको बताइन्छ, जसले हतियार निर्माण तथा नेभिगेसन प्रणाली सुधारमा सहयोग पुर्‍याउने गरेको छ।

अमेरिका र इजरायलले फेब्रुअरीमा इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरु गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ। त्यसयता रूसले पनि इरानलाई गुप्तचर सहयोग गरेको बताइन्छ भने इरानले युक्रेन युद्धमा रूसलाई ड्रोन आपूर्ति गर्दै आएको छ। साथै चीनले इरानबाट ठूलो मात्रामा तेल आयात गरिरहेको छ।

विशेषज्ञहरूका अनुसार चीनले प्रत्यक्ष रूपमा युद्धमा संलग्न हुन नचाहे पनि इरानसँगको सम्बन्ध कायम राख्दै बाहिरबाट तटस्थ देखिने रणनीति अपनाइरहेको छ। यसमार्फत उसले ऊर्जा सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय दबाबबाट जोगिन सन्तुलित नीति अपनाएको देखिन्छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने नीतिको विरोध गर्दै भइरहेको आन्दोलनप्रति पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

उनले विद्यार्थी संगठनहरूलाई आन्दोलन अझ सशक्त र प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।

सामाजिक सञ्जालमा आइतबार लेख्दै विप्लवले सरकारले लिएको यस्तो नीतिलाई निरङ्कुश सोचको अभिव्यक्ति भन्दै आलोचना गरेका छन् । उनका अनुसार विद्यार्थी संगठनहरू सचेतना, खबरदारी, न्याय, विद्रोह र परिवर्तनका महत्वपूर्ण वाहक हुन् ।

उनले नेपालका इतिहासमा पनि निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीहरूको भूमिका अग्रणी रहेको उल्लेख गरेका छन् ।

साथै विप्लवले परिवर्तनका लागि योगदान गर्ने संस्था र शक्तिहरूलाई नै कमजोर पार्ने प्रयास भएमा त्यसको असर अन्ततः सरकारमै पर्ने चेतावनीसमेत दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।