२०८३ बैशाख ८ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ८ मंगलवार

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

यसअघि भदौ २४ गते खड्काको निवासमा भएको आगजनी घटनापछि त्यहाँबाट नेपाली रुपैयाँसँगै विभिन्न विदेशी मुद्रा समेत बरामद गरिएको थियो । साथै, उनीमाथि नेपाल स्काउटसँग सम्बन्धित जग्गा हिनामिनाको आरोप पनि लागेको छ ।

सीआईबीका प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको विषयमा पुष्टि गरेका छन् ।

May be an image of ticket stub and text

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि देशको राजनीतिक वातावरण एकाएक तातेको छ । शनिबार बिहान चैत १४ गते गुन्डुस्थित निवासबाट पक्राउ परेका ओलीको घटनाले सत्ता र सडक दुवै तिर हलचल बढाएको हो ।

ओली पक्राउ परेलगत्तै एमाले निकट भ्रातृ संगठनहरू आन्दोलनमा उत्रिएका छन् । राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरू ठूलो संख्यामा भेला भई विरोध प्रदर्शन गरिरहेका छन् । काठमाडौंको भृकुटीमण्डप र च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय आसपास प्रदर्शन तीव्र बनेको छ ।

प्रदर्शनका क्रममा सरकारविरुद्ध चर्का नाराबाजी गर्दै ओलीको तत्काल रिहाइको माग गरिएको छ । केही स्थानमा टायर बालेर सडक अवरुद्ध गरिँदा यातायात प्रभावित भएको छ ।

यसैबीच, ‘जेनजी’ प्रदर्शनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन जलाएर प्रदर्शनकारीहरूले असन्तुष्टि जनाएका छन् । विकसित परिस्थितिलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुक अब नयाँ दिशातर्फ अघि बढ्ने संकेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कानुनको शासनभन्दा माथि कोही नहुने बताएका हुन् । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै यस कदमलाई प्रतिशोध नभई न्यायिक प्रक्रियाको सुरुवातका रूपमा व्याख्या गरेका छन् ।

“प्रतिवद्धता भनेको प्रतिवद्धता नै हो, कानूनभन्दा माथि कोही हुँदैन,” उनले लेखेका छन्, “यो कुनै व्यक्तिविरुद्धको बदला होइन, न्याय स्थापनाको प्रारम्भ हो।”

गुरुङले उक्त घटनाले देशलाई नयाँ मार्गतर्फ अघि बढाउने विश्वास समेत व्यक्त गरेका छन् ।

काठमाडौं । शनिबार बिहान केपी शर्मा ओलीरमेश लेखक पक्राउ परेका छन् । उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राख्ने तयारी गरिएको छ ।

बालेन शाह नेतृत्वको सरकारले दुवै नेतालाई उनीहरूको निवासबाटै नियन्त्रणमा लिएको हो ।

सरकारका अनुसार, ओली नेतृत्वको कार्यकालमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा ७६ जनाको ज्यान जाने घटनामा उनीहरूलाई मुख्य जिम्मेवार ठहर गरिएको छ ।

यसैबीच, पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि सुरक्षाकर्मी उनीहरूको निवासमै पुगेर पक्राउ गरेका हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने क्रममा प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाट बाहिर निकालेको छ। यसअघि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेपछि प्रहरी टोली ओलीलाई नियन्त्रणमा लिन त्यहाँ पुगेको थियो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले कारबाही अघि बढाएको हो। उक्त प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जनाइएको छ, जहाँ गृह मन्त्रालय नै जाहेरीकर्ता बनेको छ।

पक्राउ प्रक्रियालाई कानुनी आधार दिन प्रहरीको मागपछि गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना रातारात प्रहरी प्रधान कार्यालय पुगेका थिए।

यसैबीच, सम्भावित तनावलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्री सुधन गुरुङ ले शुक्रबार मध्यरातिसम्म सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए।

कार्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा आईजीपी चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान अघि बढाइएको हो।

दफा १८१ अनुसार लापरबाहीका कारण ज्यान जाने घटनामा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। त्यस्तै, दफा १८२ अन्तर्गत हेलचक्र्याइँपूर्ण कार्यबाट ज्यान गएको ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ। 

काठमाडौं । भदौ २३ मा राजधानीको बानेश्वर क्षेत्रमा भएको गोलीकाण्डसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई मुख्य जिम्मेवार ठहर गरेको हो।

आयोगको निष्कर्षपछि सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएको छ। सोही निर्णयका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई निवासबाटै पक्राउ गरेको छ। मन्त्रिपरिषद्का कागजातसहित पुगेको प्रहरी टोलीले उनलाई राति नै नियन्त्रणमा लिएको हो।

उता, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न पनि प्रहरी सक्रिय बनेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को संयुक्त टोली ओलीको निवासमा पुगेको छ। उनलाई सहज रूपमा गिरफ्तारी दिन आग्रह गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ओलीलाई नियन्त्रणमा लिन रातिदेखि नै सुरक्षा निकाय परिचालित भएका छन्। भक्तपुरसहित विभिन्न स्थानबाट खटिएका प्रहरी टोलीले आवश्यक सुरक्षा र समन्वय गरिरहेका छन्।

स्मरणीय छ, ओली नेतृत्वको सरकार रहेका बेला भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा ७६ जनाको ज्यान गएको थियो। सो घटनाको जिम्मेवारीसम्बन्धी निष्कर्ष सार्वजनिक भएसँगै अहिले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो।

 

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध पक्राउ प्रक्रिया अघि बढाउन आवश्यक सबै तयारी पूरा भएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धान कार्यालय टेकुका एक उच्च अधिकारीका अनुसार सम्बन्धित कागजात तयार पारिसकिएको छ र प्रक्रिया कार्यान्वयनको चरणमा पुगेको हो। “सबै प्रक्रिया पूरा भइसकेको छ, कागजात तयारी अवस्थामा छन्,” उनले बताए।

ओली र लेखकको निवास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन भई बाक्लो सुरक्षा घेरा बनाइएको छ।

नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल अघि बढाएका थिए।

प्रहरीले प्रारम्भमा सरकारसँग लिखित निर्देशन माग गरेको थियो। त्यसक्रममा मध्यरातमा कानुन मन्त्रालयका सचिवलाई नक्सालस्थित प्रहरी मुख्यालय बोलाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको थियो।

जेनजी आन्दोलन (भदौ २३ र २४) को दमनबारे गठित आयोगले आफ्नो प्रतिवेदन तत्कालीन अन्तरिम सरकारलाई बुझाएको थियो। उक्त प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि केही अंश सञ्चारमाध्यममार्फत बाहिर आइसकेका छन्।

प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।

नयाँ सरकारको पहिलो बैठकले सो सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि सुरक्षा निकायहरू सक्रिय भएका हुन्। राति अबेरसम्म सहमति जुट्न नसकेपछि कानुन सचिव पाराश्वर ढुंगानालाई पनि छलफलमा सहभागी गराइएको थियो। उनले आवश्यक लिखित आदेश तयार पारेपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको हो।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान गुमेको कसुरमा कारबाही सिफारिस गरिएको छ। आयोगले यी दुवै दफा उल्लेख गर्दै अनुसन्धान अघि बढाउन सिफारिस गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज, चैत १३ गते दिउँसो १२ः३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

त्यसै दिन रास्वपाले मन्त्रिपरिषद् विस्तारको तयारी पनि अघि बढाएको छ। पार्टीका शीर्ष नेताहरूले अब बन्ने १६ मन्त्रीहरूको नाम टुंगो लगाइसकेका छन्।

न्त्री बन्न लागेकाको सूची हेर्नोस्–
१. बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री, रक्षा 
२. डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. सुधन गुरुङ, गृहमन्त्री 
४. शिशिर खनाल, परराष्ट्रमन्त्री
५. सोविता गौतम, कानुनमन्त्री
६. सस्मित पोखरेल, शिक्षामन्त्री
७. सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल, सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह, उद्योग वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता, स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल, संस्कृति/पर्यटन
१४. डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना
१५. दीपक शाह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी, कृषि तथा पशुपन्छी

काठमाडौं । अमेरिकाले आफ्नो मौद्रिक इतिहासमा पहिलोपटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर कागजी नोट (डलर) मा राख्ने तयारी गरेको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार आगामी गर्मीयामदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर अंकित नोटहरू प्रचलनमा ल्याइनेछन् ।

यो निर्णय अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँगै कार्यान्वयनमा ल्याइने बताइएको छ । यससँगै सन् १८६१ देखि कायम रहँदै आएको ट्रेजररको हस्ताक्षर अनिवार्य रहने परम्परा अन्त्य हुने भएको छ । अबदेखि नोटमा ट्रेजररको हस्ताक्षर हटाइनेछ र त्यसको सट्टा राष्ट्रपतिको हस्ताक्षर रहनेछ ।

ट्रेजरी विभागअन्तर्गत रहने ट्रेजररले ब्यूरो अफ एनग्रेभिङ एन्ड प्रिन्टिङ तथा अमेरिकी टकमारी (मिन्ट) जस्ता निकायहरूको निगरानी गर्दै आएका थिए । नयाँ व्यवस्था अनुसार आगामी जुन महिनादेखि राष्ट्रपति ट्रम्प र ट्रेजरी सचिव स्कट बेसेन्टको हस्ताक्षरयुक्त १०० डलरका नोटहरू छापिनेछन् । त्यसपछि क्रमशः अन्य दरका नोटहरू पनि बजारमा ल्याइनेछ ।

हाल भने पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालका ट्रेजरी सचिव जेनेट येलेन र पूर्व ट्रेजरर लिन मालेर्बाको हस्ताक्षर भएका नोटहरू उत्पादन भइरहेका छन् ।

ट्रम्प प्रशासनले यस परिवर्तनलाई आफ्नो उपलब्धि संस्थागत गर्ने कदमका रूपमा प्रस्तुत गरेको रोयटर्सले जनाएको छ । ट्रम्पले यसअघि पनि विभिन्न सरकारी संरचना, कार्यक्रम तथा सिक्काहरूमा आफ्नो नाम जोड्ने प्रयास गर्दै आएका थिए ।

हालै ट्रम्पद्वारा नियुक्त एक कला प्यानलले ट्रम्पको तस्बिर अंकित सुनको सिक्काको डिजाइनलाई स्वीकृति दिएको थियो । तर जीवित व्यक्तिको तस्बिर सिक्कामा राख्न नपाइने कानुनी प्रावधानका कारण नियमित प्रयोग हुने १ डलरको सिक्कामा भने उनको तस्बिर राख्न सम्भव भएको छैन ।

ट्रेजरी सचिव स्कट बेसेन्टले विज्ञप्ति जारी गर्दै ट्रम्पको दोस्रो कार्यकालमा हासिल भएको आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई सम्मानस्वरूप यस्तो निर्णय गरिएको बताएका छन् । उनले अमेरिकी स्वतन्त्रताको २५०औँ वर्षगाँठका अवसरमा राष्ट्रपतिको हस्ताक्षर डलरमा राख्नु महत्वपूर्ण सम्मान हुने उल्लेख गरे ।

यस्तै, वर्तमान ट्रेजरर ब्रान्डन बिचले पनि यस कदमको समर्थन गर्दै ट्रम्पलाई आर्थिक पुनरुत्थानको प्रमुख नेतृत्वकर्ता भएको दाबी गरेका छन् ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । शुक्रबार चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।